मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

जेनजी पुस्ताले मंगलबार देशभरि श्रद्धाञ्जलि सभा गर्ने

जेनजी पुस्ताले मंगलबार देशभरि श्रद्धाञ्जलि सभा गर्ने


शेयर गर्नुहोस:

945
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी पुस्ताले मंगलबार देशभर श्रद्धाञ्जलि सभा आयोजना गर्ने भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिका लागि कार्यक्रम हुने जनाइएको छ।

भ्रष्टाचार र बेथितिविरुद्धको राष्ट्रिय आन्दोलनका नाममा सोमबार राति जारी विज्ञप्तिमा, शान्तिपूर्ण कार्यक्रममा घुसपैठ गरेर अराजकता सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसप्रति खेद प्रकट गरिएको छ।

Advertisement

जेनजी पुस्ताले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने स्पष्ट गर्दै, यसलाई असफल बनाउन खोज्ने कुनै पनि चाल सफल नहुने दृढता प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिको अन्त्यका लागि सडकमा उत्रिएका छन्। तर आजको दिन पीडादायी छ—२० भन्दा बढी युवाले ज्यान गुमाएका छन्, हजारौँ घाइते भएका छन्। यो कुनै संयोग होइन, भ्रष्टाचार, दुरव्यवस्था र निरंकुश प्रवृत्तिको प्रत्यक्ष परिणाम हो।”

युवाहरूले सरकारप्रति प्रश्न उठाएका छन्: “युवाको रगत बग्दा पनि किन मौन? जनताको बलिदानलाई सम्मान गर्ने शक्ति सरकारसँग छ वा छैन?”

शेयर गर्नुहोस:

945
Shares