नेपाल

जेनजी पुस्ताले मंगलबार देशभरि श्रद्धाञ्जलि सभा गर्ने

जेनजी पुस्ताले मंगलबार देशभरि श्रद्धाञ्जलि सभा गर्ने


शेयर गर्नुहोस:

945
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी पुस्ताले मंगलबार देशभर श्रद्धाञ्जलि सभा आयोजना गर्ने भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिका लागि कार्यक्रम हुने जनाइएको छ।

भ्रष्टाचार र बेथितिविरुद्धको राष्ट्रिय आन्दोलनका नाममा सोमबार राति जारी विज्ञप्तिमा, शान्तिपूर्ण कार्यक्रममा घुसपैठ गरेर अराजकता सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसप्रति खेद प्रकट गरिएको छ।

Advertisement

जेनजी पुस्ताले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने स्पष्ट गर्दै, यसलाई असफल बनाउन खोज्ने कुनै पनि चाल सफल नहुने दृढता प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिको अन्त्यका लागि सडकमा उत्रिएका छन्। तर आजको दिन पीडादायी छ—२० भन्दा बढी युवाले ज्यान गुमाएका छन्, हजारौँ घाइते भएका छन्। यो कुनै संयोग होइन, भ्रष्टाचार, दुरव्यवस्था र निरंकुश प्रवृत्तिको प्रत्यक्ष परिणाम हो।”

युवाहरूले सरकारप्रति प्रश्न उठाएका छन्: “युवाको रगत बग्दा पनि किन मौन? जनताको बलिदानलाई सम्मान गर्ने शक्ति सरकारसँग छ वा छैन?”

शेयर गर्नुहोस:

945
Shares