मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
बोस्टन   
मुख्य समाचार   

बोस्टनमा सञ्चालित कन्सुलर सेवा शिविर सम्पन्न, २०४ सेवाग्राहीहरु लाभान्वित

बोस्टनमा सञ्चालित कन्सुलर सेवा शिविर सम्पन्न, २०४ सेवाग्राहीहरु लाभान्वित


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका, बोस्टन। अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा अमेरिकाको बोस्टनमा सञ्चालित दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरबाट २०४ जना सेवाग्राहीहरु लाभान्वित भएका छन्। सेप्टेम्बर ६ र ७, २०२५ (शनिवार र आइतवार) सञ्चालित उक्त घुम्ती शिविरबाट राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी सेवाहरु लिएर सेवाग्राहीहरु लाभान्वित भएका हुन्।

महावाणिज्यदूतावासको कार्यालय, न्यू योर्कले जनाए अनुसार लाभान्वित हुनेहरुमा म्यासाच्यूसेट्स राज्य सहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरु रहेका थिए। उक्त शिविरबाट १८० जनाले पास्पोर्ट नविकरण, १७ जनाले एनआरएनए परिचयपत्र आवेदन, ४ जनाले पर्यटक भिषा र ३ जनाले अधिकृत वारेसनामा प्रमाणिकरण सेवा लिएका थिए।

शिविरमा राहदानी नविकरण सेवा लिने क्रममा ७६ वर्षीया गंगादेवी गुरुङ।

महावाणिज्यदूत ददिराम भण्डारीले शिविर सफलतापूर्वक र उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबैलाई बधाई ज्ञापन गरेका छन्। जनताको घरघरमा पुगेर सेवा दिने नेपाल सरकारको निति तथा चाहना अनुरुप नै कन्सुलर सेवा घुम्ती शिविरबाट सेवाग्राहीहरुलाई सेवाहरु प्रदान गरिएको उनले बताए। यसका अतिरिक्त महावाणिज्यदूतावासले प्रवासमा रहेका नेपालीहरुको नेपाल सरकारप्रतिको अपेक्षा के कस्तो छ? सहजता असहजता के कस्तो छ ? भन्ने कुरा बुझ्ने र नेपाली डायस्पोरालाई नजिक ल्याउने चाहना पुरा गर्न शिविर सफल भएको उनले बताए।

शिविरको दौरानमा सेवाग्राही तथा अगुवाहरुसंग गरिएको अन्तरक्रियाहरु मार्फत महावाणिज्यदूतावासद्वारा प्रदान गरिने सेवाहरु अझ प्रभावकारी बनाउन महत्पूर्ण पृष्ठपोषणहरु प्राप्त भएको बताउदै महावाणिज्यदूत भण्डारीले आगामी दिनहरुमा नेपाललाई सहयोग पुर्याउन आर्थिक, व्यापारिक र पर्यटन क्षेत्रमा केन्द्रिकृत भएर काम गर्नु पर्ने महसुस भएको बताए। जन अपेक्षा, जन चाहना र संख्याका आधारमा वर्षमा कम्तिमा एक पटक र आवश्यकता परे दुइ पटकसम्म बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन गर्नु पर्ने उनको बुझाइ छ। महावाणिज्यदूत भण्डारीले शिविरलाई सफल बनाउन महत्वपूर्ण साथ सहयोग गर्ने एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर सहित अन्य संघ संस्थाहरु, स्वयंसेवकहरु, सेवा लिने सेवाग्राहीहरु लगायतलाई आयोजकको तर्फबाट धन्यवाद दिएका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसिसि)अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले पनि शिविर सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। विगतको अनुभवहरुलाई मध्यनजर गर्दै व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिएर सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त गुणस्तरीय सेवाहरु प्रदान गर्न सकिएको उनले दावी गरे।

अध्यक्ष गुरुङले शिविर कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउने महावाणिज्यदूत भण्डारी सहित उनको नेतृत्वमा खटिका महावाणिज्यदूतावासका कर्मचारीहरु, समरभिल सिटीकी मेयर काटियाना ब्यालेन्टाइन, एनआरएनए परिवार, विभिन्न सहयोगी संघ संस्थाहरु, स्वयंसेवकहरु, शुभचिन्तक तथा शुभेच्छुकहरु, जुम्सा रेष्टुरेन्ट परिवार लगायतलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्। प्रतिक्रियाको क्रममा उनले आगामी दिनहरुमा पनि एनआरएनएले गर्ने कार्यक्रमहरुमा सबैबाट यस्तै साथ सहयोग प्राप्त हुने अपेक्षा गरे।

 

शेयर गर्नुहोस:

1.3k
Shares