अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,(एनआरएनए, एनसिसि), अमेरिकाको घोषित निर्वाचन कार्यतालिका अनुसार हाल मतदान जारी रहेको छ। संघको आगामी दुइ वर्षे कार्यकाल (सन् २०२५–२०२७)का लागि नयाँ कार्यसमिति चयन गर्ने उद्देश्यले आज अगस्ट १७,२०२५ आइतवार विहान १० बजे( पूर्वीय समय)देखि सुरु भएको मतदान जारी रहेको हो। निर्वाचन आयोगका अनुसार संघका मतदाताहरुले भोली अगष्ट १८,२०२५ सोमवार बिहान १० बजेसम्म मतदान गर्न सक्ने छन्।
निर्वाचन प्रमुख टुकप्रसाद रेग्मीले मतदान कार्य निर्वाद रुपमा सञ्चालन भइरहेको बताए। उनले दिएको जानकारी अनुसार हालसम्म अगस्ट १७, २०२५ आइतवार साँझ ९ बजेसम्म ५,५५१ मत खसेको छ। निर्वाचन प्रमुख रेग्मीका अनुसार मतदानका लागि मतदाताले संघद्वारा उपलब्ध गराइएको भोटिङ पोर्टल खोलेर त्यसमा निर्वाचन आयोगले उपलब्ध गराएको मतदान पिन नंबर र इमेल भर्नु पर्ने, त्यस पछि प्राप्त हुने मतपत्रमा उल्लेखित उमेदवारहरुलाई छनोट गरी निर्वाचन आयोगले आफ्नो मोबाइल नंबरमा पठाएको कोड नंबर टाइप गरेर मतपत्र बुझाउनु पर्ने छ।












प्रतिक्रिया