मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

रेग्मीको नेतृत्वमा एनआरएनए, एनसिसि, अमेरिकाको निर्वाचन हुने

रेग्मीको नेतृत्वमा एनआरएनए, एनसिसि, अमेरिकाको निर्वाचन हुने

अगस्ट १७ र १८ मा मतदान हुने


शेयर गर्नुहोस:

1.9k
Shares

  • change font
  • change font
  • change font

अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,(एनआरएनए, एनसिसि), अमेरिकाको आगामी दुइ वर्षे कार्यकाल (सन् २०२५–२७)का लागि हुने भनिएको निर्वाचन, निर्वाचन आयोगका सदस्य टुक रेग्मीको नेतृत्वमा हुने भएको छ। संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेका अनुसार संघको १३औं साधारण सभाले बासु फुलारा निर्वाचन प्रमुख र प्रिय रन्जन दाहाल, बिनोद सुवेदी, टुक रेग्मी र खड्ग उप्रेति सदस्य रहेको निर्वाचन आयोग गठन गरेको थियो। तर, उक्त आयोगका प्रमुख निर्वाचन आयुक्त फुलारा आफ्नो जिम्मेवारीबाट पन्छिएपछि आसन्न निर्वाचन सम्पन्न गर्न सोही आयोगका सदस्य टुक रेग्मीलाई निर्वाचन प्रमुखको जिम्मेवारी सुम्पिएको हो।

अब संघको निर्वाचन अगस्ट १७ र १८, २०२५ (आइतवार र सोमवार) मा हुने भएको छ। यस अघि बासु फुलारा निर्वाचन प्रमुख र प्रिय रन्जन दाहाल, बिनोद सुवेदी, टुक रेग्मी र खड्ग उप्रेति सदस्य रहेको निर्वाचन आयोगले अगष्ट १६ र १७, २०२५ (शनिवार र आइतवार) निर्वाचन गर्ने निर्वाचन कार्यतालिका सार्वजिक गरेको थियो।

संघले अगस्ट १६, २०२५ मा मतदाताहरुलाई इमेल मार्फत उक्त परिमार्जित निर्वाचन मितिका बारेमा जानकारी गराएको छ। जस अनुसार अगस्ट १७, २०२५ आइतबार विहान १० बजेदेखि (पूर्वीय समय) मतदान प्रारम्भ हुने र अगस्ट १८,२०२५ सोमवार विहान १० बजे(पूर्वीय समय) मतदान समाप्त हुने जनाइएको छ।

संघले जनाए अनुसार मतदान विद्युतीय प्रविधि(अनलाइन) को प्रयोग गरेर हुने र त्यसका लागि निर्वाचन आयोगले विद्युतीय मतपत्र अगस्ट १७, २०२५ आइतवार पूर्वीय समय अनुसार बिहान १० बजे उपलब्ध गराइने भएको छ। मतदानको पूर्व अभ्यासका लागि भने अगस्ट १६, २०२५ शनिवार राती ११ बजेर ५९ मिनटसम्म नमूना मतपत्र मतदाताहरुलाई उपलब्ध गराइने जनाइएको छ।

निर्वाचनका सम्बन्धमा गराइएको जानकारी अनुसार मतदानका लागि मतदाताले संघद्वारा उपलब्ध गराइएको भोटिङ पोर्टल खोलेर त्यसमा निर्वाचन आयोगले उपलब्ध गराएको मतदान पिन नंबर र इमेल भर्नु पर्ने, त्यस पछि प्राप्त हुने मतपत्रमा उल्लेखित उमेदवारहरुलाई छनोट गरी निर्वाचन आयोगले आफ्नो मोबाइल नंबरमा पठाएको कोड नंबर टाइप गरेर मतपत्र बुझाउनु पर्ने छ।

आसन्न निर्वाचनमा, अध्यक्ष पदमा ४ जना,  वरिष्ठ उपाध्यक्ष पदमा ३ जना, उपाध्यक्षमा १३ जना, महिला उपाध्यक्षमा ३ जना, युवा उपाध्यक्षमा ३ जना, महासचिवमा ३ जना, सचिव (खुला) मा ४ जना, महिला सचिव १ जना( निर्विरोध), कोषाध्यक्षमा ३ जना, सहकोषाध्यक्षमा १ जना(निर्विरोध), युवा संयोजकमा २ जना, महिला संयोजकमा २ जना र बोर्ड सदस्यमा २३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

संघले जनाए अनुसार संघको आसन्न निर्वाचनमा १३ हजार २ सय ८ मतदाताले मतदान गर्न पाउने भएका छन्। यस अघि सन् २०२३-२०२५ कार्यकालका लागि भएको निर्वाचनमा १३ हजार ६ सय ९१ मतदाता रहेका थिए। त्यस मध्ये ११ हजार २ सय ६७ मतदाताले मतदान गरेका थिए। जो कुल मतको ८२ दशमलव ३ प्रतिशत हो।

शेयर गर्नुहोस:

1.9k
Shares