मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार एक सातामा चार प्रदेशमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २६ जना, कोशी प्रदेशमा ४ जना, मधेस प्रदेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

त्यस्तै, एक सातामा एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । देशभर हालसम्म २४९ जना कोरोना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेसँगै नेपालमा पनि कोरोना सङ्क्रमितको संख्या बढन थालेको छ ।

यो सँगै नेपालमा भारतसँग सीमा जोडिएका नाकाहरुमा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षणको व्यवस्था गरिँदै आएको छ ।

शेयर गर्नुहोस:

297
Shares