काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार एक सातामा चार प्रदेशमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २६ जना, कोशी प्रदेशमा ४ जना, मधेस प्रदेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै, एक सातामा एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । देशभर हालसम्म २४९ जना कोरोना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो समय भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेसँगै नेपालमा पनि कोरोना सङ्क्रमितको संख्या बढन थालेको छ ।
यो सँगै नेपालमा भारतसँग सीमा जोडिएका नाकाहरुमा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षणको व्यवस्था गरिँदै आएको छ ।
प्रतिक्रिया