मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / जीवनशैली   

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैन : स्वास्थ्यमन्त्री पौडेल

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैन : स्वास्थ्यमन्त्री पौडेल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् ।

मन्त्रालयअन्तर्गत मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गरे ।

‘अहिलेसम्म पूँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन,’ उनले भने, ‘यो गम्भीर प्रश्न हो ।’

‘विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालहरुको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो,’ उनले भने, ‘पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ ।’ मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए ।

कर्मचारीहरुको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ, उनले भने, नीतिगत सुधार आवश्यक भए हामी तयार छौं ।

नागरिकको सरकारी अस्पतालमा विस्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताए ।

अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरसँग आग्रह गरे ।

मन्त्री पौडेलले सरकारी कर्मचारीहरुसहित संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिन समेत आग्रह गरे ।

‘अहिले स्वास्थ्य बीमामा श्रोत अभाव छ,’ उनले भने, ‘सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराएमा ४० अर्बसम्म जम्मा हुन सक्छ । यसको कार्यान्वयनमा तपाईंहरुले साथ दिनुहोला ।’

शेयर गर्नुहोस:

54
Shares