अमेरिका- अमेरिकाले नेपालीलाई दिएको अस्थायी संरक्षित अवस्था (टीपीएस) खारेज हुँदा घर वा व्यवसायमा लगानी गर्नेलाई अब के गर्ने भनेर तनाव हुन थालेको छ । टीपीएसमा हुँदा व्यवसायमा वा घरमा पैसा लगाउने कैयौं नेपालीलाई के गर्ने भन्ने चिन्ता थपिएको छ ।
अमेरिका सरकारले नेपालीलाई १० बर्ष अघि दिएको टीपीएस सुविधा खारेजीको निर्णय गरेको छ । यस सँगै आउने दुई महिना भित्र (अगष्ट) ५ मध्यरात सम्म अमेरिका छाड्न भनेको छ ।
नेपालीले व्यवसाय परामर्शदाता र कानुन व्यवसायीकहाँ अब के गर्ने भन्ने प्रश्न गर्दै सम्पर्क गरिरहेका छन् ।
थुप्रै नेपालीलाई कर सम्बन्धि परामर्श दिदैं आएका कर तथा व्यवसाय परामर्शदाता भीम कार्की टीपीएससँग जोडिएको यो प्रश्न व्यवसाय व्यवस्थापन र इमिग्रेशन कानुनसँग जोडिने भएको बताए ।
नेपालनै फर्किने हो भने एकल व्यवसायमा साझेदारी गर्ने, शेयर किनवेच गर्ने, कसैलाई अख्तियारी दिने जस्ता उपाय गर्न सकिन्छ उनले भने सम्पत्तिनै जान्छ भनेर आत्तिहाल्नु पर्ने स्थिती भने छैन । यसमा कानुनी परामर्श पनि लिनुपर्छ।’
कार्कीका अनुसार प्रकृया पुऱ्याएर अमेरिकामा विदेशीले पनि साझेदारीमा व्यवसाय गर्न पाउँछन यहाँ बैंक एकाउण्ट राख्न सक्छन । यहाँको व्यवसायबाट आएको आम्दानी नियमअनुसार विदेशमा लैजान सकिन्छ । यो अवस्थामा विश्वाससिलो साझेदार छन भने त्यत्ति तनाव लिनु पर्दैन कार्कीले भने तर, कागजातहरु स्पष्ट र अमेरिकी कानुन अनुसार गर्दा सजिलो हुन्छ पछि विवाद आउँदैन । नेपाल बसेर पनि यहाँ व्यवसाय गर्न र आम्दानी प्राप्त गर्न सकिन्छ, यसको छुट्टै प्रकृया भने पुऱ्याउनु पर्छ।
‘टीपीएस मात्र छ व्यवसाय र घरमा लगानी गरेको अवस्था हो भने त्यसलाई कसरी सुरक्षित गर्ने तिर लाग्नु पर्छ’ कार्कीले भने- अरू केही उपायहरु हुन सक्छन् । नेपालनै फर्किने हो भने व्यवसायमा साझेदारी गर्ने, शेयर किनवेच गर्ने, कसैलाई अख्तियारी दिने जस्ता उपाय गर्न सकिन्छ उनले भने सम्पत्तिनै जान्छ भनेर आत्तिहाल्नु पर्ने स्थिती भने छैन । यसमा कानुनी परामर्श पनि लिनुपर्छ।’
कानुन व्यवसायी बासु फुलारा भने संभव छ भने पहिले अर्को स्टा्याटसमा जान प्रयास गर्नु पर्ने सुझाव दिन्छन् । यदी नेपालनै फर्किने हो भने व्यवसाय कानुनतह साझेदारी वा शेयर ट्रान्सफर गर्नु पर्यो फुलाराले भने यसमा ऋण लिईएको रहेछ भने यहाँको कानुन के छ त्यो पनि हेर्नुपर्छ ।
टीपीएसमा हुँदा लिएको ऋण यो समाप्त भए पछि अर्को नियममा जानुपर्ने हुन्छ फुलाराले भने यसमा फेडरल रिजर्भ र बैंक वित्तीय संस्थाको नियम के छ त्यो पनि पुरा गर्नु पर्छ ।
अहिले भईरहेको टीपीएसको वर्क परमिट दुइ महिना पछि भने चल्दैन फुलाराले भने अर्को केस दर्ता गर्दा फेरी प्रकृया अनुसार वर्क परमिट माग गर्नु पर्छ ।
कार्कीका अनुसार अमेरिका विदेशीले पनि साझेदारीमा व्यवसाय गर्न पाउँछन यहाँ बैंक एकाउण्ट राख्न सक्छन । यहाँको व्यवसायबाट आएको आम्दानी नियमअनुसार विदेशमा लैजान सकिन्छ । यो अवस्थामा विश्वाससिलो साझेदार छन भने त्यत्ति तनाव लिनु पर्दैन कार्कीले भने तर, कागजातहरु स्पष्ट र अमेरिकी कानुन अनुसार गर्दा सजिलो हुन्छ पछि विवाद आउँदैन । नेपाल बसेर पनि यहाँ व्यवसाय गर्न र आम्दानी प्राप्त गर्न सकिन्छ ।
अमेरिकाले सन् २०१५ को विनासकारी भुकम्प पछि नेपालीलाई टीपीएस सुविधा दिएको थियो । अहिले करिब ८ हजार नेपाली टीपीएसमा रहेको अनुमान छ । यस मध्ये आधा जति अन्य स्ट्याटसमा गईसकेका छन् । टीपीएस हुँदा यहाँ बस्न र काम गर्ने सुविधा थियो ।
अन्य स्ट्याटसमा जानेले पनि केस रिजेक्ट भएको बेलामा टीपीएस हुँदा बस्न र काम गर्न पाएका थिए । टीपीएसमा रहेका सयौं नेपाली यसको समय फेरी थप होला भन्ने आशामा थिए । तर इमिग्रेशन कानुनमा कडाई गर्दै आएको ट्रम्प प्रशासनले गत साता अमेरिकाले नेपालीलाई दिएको टीपीएस खारेज गर्ने सूचना निकालेको थियो ।
प्रतिक्रिया