मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’ ” महामन्त्री थापा

‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’ ” महामन्त्री थापा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

धरान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै संविधानको संरक्षण, परिमार्जन र समयानुकूल संशोधनमा पनि पार्टी अग्रसर हुनुपर्ने बताए । उनले भने, “संविधानलाई समावेशी, न्यायपूर्ण र व्यावहारिक बनाउन आवश्यक परेमा संशोधनको नेतृत्व गर्न कांग्रेस तयार छ ।”

संसद्लाई अहिलेको भन्दा अझ समावेशी बनाउनुका साथै राजनीतिक स्थायित्वका लागि एक दलले स्पष्ट बहुमत ल्याउने प्रणाली निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले दीर्घकालीन समाधानका लागि दलहरूबीच गम्भीर छलफल, चिन्तन र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै राज्यले सबै धर्म, भाषा र संस्कृतिसँग समान व्यवहार गर्नुपर्ने बताए । संविधानले सबैलाई बराबरी अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले राज्यको नीति त्यसैअनुसार सञ्चालन हुनुपर्ने बताए ।

भिजिट भिसा र सहकारी प्रकरणका सन्दर्भमा उनले तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्न सक्ने र दोषी प्रमाणित भएमा कानुनी कारबाहीको भागेदार हुनुपर्ने धारणा व्यक्त गरे ।

शेयर गर्नुहोस:

54
Shares