मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन : कांग्रेस

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन : कांग्रेस


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै पनि संलग्नता नरहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, “सरकार र नेपाली कांग्रेस पार्टी समग्रमा उहाँ निर्दोष हुनुहुन्छ, उहाँको कुनै पनि संलग्नता छैन भन्ने बारेमा ढुक्क छौँ।”

साथै, यस प्रकरणमा उनको संलग्नता रहेको भन्दै विरोधीहरूले अफवाह फैलाएको उनको जिकीर छ। गृहमन्त्री लेखकमाथि कुनै पनि उजुरी नपरेको र छानबिन गर्ने आधिकारिक निकायले पनि नतानेकाले उनीमाथि लागेको आरोपको कुनै आधार नभएको उनले बताए। “छानबिन गर्ने आधिकारिक निकायले तानेकै छैन, कुनै आधार छैन। उहाँको संलग्नता छ भनेर बाहिरबाट अफवाह फैलाइयो,” उनले भने।

भिजिट भिसाको सेटिङमा दैनिक लाखौं रुपैयाँ घुस लेनदेन हुने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेको थियो। त्यसपछिको अनुसन्धानमा गृहमन्त्रीको सचिवालयसम्मका कर्मचारीहरूको संलग्नता देखिन थालेपछि उनको राजीनामाको माग उठिरहेको छ।

माओवादीलगायत विपक्षी दलले उनमाथि छानबिनको माग गर्दै आएका छन् । नत्र मंगलबार बस्ने संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

शेयर गर्नुहोस:

108
Shares