मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

राप्रपा रत्ननगर अध्यक्षमा सन्तोष लामा विजयी

राप्रपा रत्ननगर अध्यक्षमा सन्तोष लामा विजयी


शेयर गर्नुहोस:

567
Shares

  • change font
  • change font
  • change font

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगर नगर समितिको अध्यक्ष पदका लागि शनिबार सम्पन्न निर्वाचनमा सन्तोष लामा दुई मतको झिनो अन्तरले विजयी भएका छन् ।

कुल २३५ मतदातामध्ये १९३ मत खसेको उक्त निर्वाचनमा लामाले ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिशरण भट्टराईले ९० मत पाए । १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

शनिबार बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म चलेको मतदान प्रक्रिया निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको राप्रपाले बताएको छ । सुरूमा पाँच जना उमेदवारले मनोनयन दर्ता गराए पनि श्याम पोख्रेल, नारायण कार्की र रामजी महतोले उमेदवारी फिर्ता लिएपछि लामा र भट्टराईबीच कडा प्रतिस्पर्धा भएको थियो । मतगणना सम्पन्न भएसँगै शनिबार नै नतिजा घोषणा गरिएको हो ।

सन्तोष लामा युवा पुस्तामाझ लोकप्रिय र गतिशील नेताका रूपमा चिनिन्छन् । उनले पार्टीको आधुनिकीकरण र युवा सहभागिता वृद्धिमा जोड दिँदै आएका छन् । उनको जितले राप्रपाको स्थानीय संगठनमा नयाँ ऊर्जा र परिवर्तनको अपेक्षा गरिएको छ ।

यो निर्वाचनले राप्रपाको रत्ननगर नगर समितिको आगामी नेतृत्व र दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष लामाले अन्य पदाधिकारीहरू मनोनित गर्नेछन्, जसले नगर समितिको कार्यदिशालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस:

567
Shares