मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   

सिएनसद्वारा नयाँवर्ष शुभकामना एवं भलिबल प्रतियोगिता आयोजना

सिएनसद्वारा नयाँवर्ष शुभकामना एवं भलिबल प्रतियोगिता आयोजना


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

बृहत्तर ह्युस्टनको साइप्रसमा रहेको नेपालीहरुको सक्रिय संस्था सृजनशील नेपाली सोसाइटी (सीएनएस)ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बृहत शुभकामना कार्यक्रम आयोजना गरेको छ। आइतवार, मे ४ का दिन टम्वलस्थित सिएनएसको आफ्नै स्वामित्वको जमीनमा आयोजित नयाँ वर्ष शुभकामना कार्यक्रममा पिकनिक सहित ४० वर्ष माथि उमेर समुहको भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो।

बृहत्तर ह्युस्टनमा बसोबास गर्ने करिब पाँचसय नेपालीहरुको सहभागिता रहेको नयाँ वर्ष- उत्सवमा आयोजित भलिबल प्रतियोगितामा साइप्रस टिम बिजयी भएको थियो। स्थानीय छ वटा टिमले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगितामा नेप्लिज एसोशियसन अफ ह्युस्टन (एनएएच) को टिम द्वितीय भएको थियो भने सुगरल्याण्ड टिम तृतीय भएको थियो। प्रतियोगितामा विजयी टिमहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।

सिएनएसका अध्यक्ष बालकृष्ण बानियाँको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाज, ह्युस्टनका अध्यक्ष सतिश त्रिपाठी, गुल्मी समाज ह्युस्टनका अध्यक्ष लक्ष्मण भण्डारी, सिनएसका संस्थापक अध्यक्ष उमापति भुषाल, निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, पूर्व अध्यक्ष गङ्गा शर्मा, ग्लोबल वन बैंङ्कका कार्यकारी निर्देशक लगायतका अतिथिहरुले नेपाली नयाँ वर्षको शुभकामना सहित सिएनएसको सामुदायिक गतिविधिहरुमा सहयोग रहने बताएका थिए।

तस्बिरः Gris Photography

 

शेयर गर्नुहोस:

1.2k
Shares