मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

हिमालय खबर १५औँ वर्षमा प्रवेश

हिमालय खबर १५औँ वर्षमा प्रवेश


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाबाट नेपाली भाषामा सञ्चालनमा रहेको अनलाइन मिडिया हिमालयखबर डट कम १५औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २०१० मा अमेरिकामा रहेका केही पत्रकारको समूहले नेपाली भाषी अमेरिकी तथा प्रवासमा रहेका नेपालीको आवाज बलियो बनाउने उद्देश्यले हिमालयखबर सञ्चालनमा ल्याएका थिए ।

Advertisement

१५औँ वार्षिकोत्सव भने नेपालमा मनाइएको छ । हिमालयखबर डट कमका अध्यक्ष तथा प्रबन्ध सम्पादक विकासराज न्यौपानले काठमाडौँमा आयोजित समारोहमा १५ वर्षअघि आफूहरु चार–पाँचजनाले अनलाइन सञ्चालनमा ल्याएको उल्लेख गर्दै अहिले विदेशमा रहने नेपालीका एजेन्डा स्थापित गर्नेदेखि लिएर विदेशमा रहेका नेपालीको सिंगो आवाज बन्न सफल भएको बताए ।

उनले अमेरिकासहित विदेशमा रहने नेपालीले आफूहरुले सञ्चालनमा ल्याएको अनलाइन सञ्चारमाध्यमलाई माया गरेको बताउँदै पाठकको मायाले नै अहिलेसम्मको यात्रा सफल भएको बताए ।

उनले आफूहरु नाफा कमाउने उद्देश्यले नभई सामाजिक पत्रकारितामा रहेको बताए । उनले अहिले पनि अमेरिकामा तीन सय बढी पत्रकार रहेको बताउँदै वरिष्ठ पत्रकारको सहभागितामा अनलाइन सञ्चालन गर्न पाउनु गर्वको विषय भएको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले अहिले पनि नेपालमा सञ्चारमाध्यममाथि बेला बेलामा आक्रमण हुने त्रास कायमै रहेको बताउँदै हिमालयखबरजस्ता मिडियाले नेपालसहित अन्य स्थानमा पनि कार्यालय बढाउँदै लैजानुपर्ने आवश्यकता देखिएको बताए । छिमेकी मुलुकको भन्दा नेपालमा प्रेसको अवस्था स्वतन्त्र रहेको बताउँदै उनले समस्याबाट गुज्रिनुपरेको बताए ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हिमालयखबरले विदेशमा रहेका नेपाली नागरिकको आवाज मुखरित गर्ने काम गरेको बताए ।
 सहमारोहमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ पत्रकार तथा हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल, गोरखापत्रका प्रबन्धक लालबहादुर ऐरी, समीरजंग शाह, बासु घिमिरेलगायतले हिमालयखबरको यात्राको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

हिमालय खबरकी सम्पादन समूहकी सदस्य विटु केसीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

शेयर गर्नुहोस:

108
Shares