मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

सरकारको परराष्ट्र नीति : ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’

सरकारको परराष्ट्र नीति : ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यताअनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उल्लेख गरे ।

Advertisement

यसैगरी, राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिने सरकारको नीति छ ।

राष्ट्रपति पौडेलले भने, ‘संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीय मञ्चहरूमा नेपालको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउँदै नेपालको हित प्रवर्द्धन गरिनेछ । नेपाल आबद्ध क्षेत्रीय सहयोग संगठनमार्फत क्षेत्रीय सहयोगलाई नेपालको हित अनुकूल, अर्थपूर्ण र प्रभावकारी बनाइनेछ ।’

सरकारले आर्थिक कूटनीतिलाई सहायता, लगानी, श्रम बजार, पर्यटन र व्यापार प्रवर्द्धनको महत्त्वपूर्ण औजारको रूपमा स्थापित गर्दै मुलुकभित्र र बाहिर आर्थिक कूटनीतिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै, गैरआवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गरी, सार्वजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान र सम्मानलाई अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शेयर गर्नुहोस:

27
Shares