मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

ह्युस्टनमा भव्य नयाँ वर्ष उत्सव (फोटो फिचर)

ह्युस्टनमा भव्य नयाँ वर्ष उत्सव (फोटो फिचर)


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा नेपाली नयाँवर्ष २०८२ भव्य रुपमा मनाइएको छ। चर्चित गायक निमा रुम्बाको सांगीतिक प्रस्तुति सहित सम्पन्न भएको नयाँ वर्ष उत्सवमा करिब एक हजार जना नेपालीहरुको सहभागिता रहेको आयोजक एनएएचले जनाएको छ।

एनएएच स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर गत आइतवार, एप्रिल १३ का दिन आयोजित सांगीतिक नयाँ वर्ष उत्सवमा एनएएचका संस्थापक त्रय डा. राजेन्द्र श्रेष्ठ, दिनकर अमात्य र विनोद श्रेष्ठले २५ वटा बेलुन उडाएर नयाँ वर्ष उत्सव एवं एनएएचको २५ औं स्थापना दिवसको शुभारम्भ गरेका थिए।

एनएएचका सदस्य निराजन शर्माको संयोजन र लिण्डा श्रेष्ठको संचालनमा आयोजित नयाँ वर्ष उत्सवमा विभिन्न खानाका परिकारका फुडस्टल, हेल्थ फेयर लगायत स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत समावेश थियो। पशुपतिनाथ मन्दिरमा संचालित नेपाली पाठशालाका विद्यार्थीहरुले नेपाली र अमेरिकन राष्ट्रियगान गाएका थिए भने ‘चिल्ड्रेन सकर’ प्रतियोगिता समेत गरिएको थियो।

नयाँ वर्ष उत्सवकाबीच एनएएच संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठले श्री पशुपतिनाथ मन्दिर निर्माण अभियानका लागि एक लाख पाँच हजार डलर दान गर्ने घोषणा गरेका थिए। एनएएचका सह कोषाध्यक्ष हरि न्यौपानेका अनुसार डा. श्रेष्ठ अहिलेसम्मका सबभन्दा धेरै दान दिने व्यक्ति भएका छन्। संस्थापक अध्यक्षका हैसियतमा डा. श्रेष्ठबाट घोषित सहयोग राशिले जारी मन्दिर तथा सामुदायिक भवन निर्माण अभियानमा थप उत्साह बढेको न्यौपानेले बताए।

Photo: Gris Photography

शेयर गर्नुहोस:

621
Shares