मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘आइपियूमा नेपालका दुई सांसद्ले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता’

‘आइपियूमा नेपालका दुई सांसद्ले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता’

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विश्वभरका संसद्को संगठन ‘अन्तर व्यवस्थापिका संघ (आइपियू)’ अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ ।

आइपियूको १५० औँ महासभाबाट नेतृत्व लिएका सांसदहरू डा शाक्य र गौतमको स्वागत–सम्मान तथा संसदीय मामिलाका पत्रकारसँगको छलफलमा उनीहरूको विजय नेपालको गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरिएको हो ।

एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य आइपियूको दिगो विकास समितिमा विजयी भएकी थिइन् । माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानमा भएको सम्मेलनमा उनी नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन् ।

एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । शाक्यलाई ६ मत प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ मत मात्रै प्राप्त गरेको थियो ।

मानवअधिकार, लैंगिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरूलाई सशक्तिकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आइपियू पहिलोपटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुसी लागेको पनि शाक्यले बताइन् ।

नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आइपियूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गरेका थिए ।