मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / जीवनशैली   

‘मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयास’

‘मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयास’


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तररूपमा अघि बढ्नुपर्ने बताएका छन् ।

उनले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीयरूपमा सफल भएको उल्लेख गर्दै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनका अवसरमा उनले भने, “यो ल्याबको प्रभावकारिता दीर्घकालीनरूपमा कायम गर्नुपर्नेछ । यस्ता ल्याब अब सबै प्रदेशमा पनि विस्तार गर्नुपर्छ ।”  यो ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ ।

वन हर्ट वल्र्डवाइडको सहयोगमा निर्माण भएको सिमुलेसन ल्याब मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरूको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्नमा प्रयोग हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले ल्याबको सञ्चालन र प्रभावकारिता वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले भने, “जनशक्तिको चुनौती पनि छ । ल्याब सुरु गर्नु ठूलो कुरा हो तर त्योभन्दा ठूलो कुरा निरन्तररूपमा सञ्चालन गर्नु हो ।”

मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरूका लागि चिकित्सकीय विधिहरूको अभ्यास गर्न यस प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा।श्रीप्रसाद अधिकारीले बताए । उनले भने, “यस प्रयोगशालाले चिकित्सकीय सीप सिक्ने तथा सिकाउने र नयाँ सीपमा दक्षता विकास गर्न एवं उच्च सीपयुक्त रही कार्यसम्पादन गर्न मद्दत पुग्ने अपेक्षा छ ।”

शेयर गर्नुहोस:

54
Shares