मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्र बैंकका निवर्तमान गभर्नर अधिकारीको नैतिक चरित्र

राष्ट्र बैंकका निवर्तमान गभर्नर अधिकारीको नैतिक चरित्र


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं चैत्र २७ गते । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महा प्रसाद अधिकारीका विरुद्ध गैरकानूनी सुविधा उपभोगको विषयमा अधिवक्ताद्वय विनोद राज आचार्य र भरत कार्कीले दर्ता गरेको मुद्दाका सन्दर्भमा सर्वोच्च अदालतले गएको चैत्र १९,२५ र २७ गते अन्तरिम आदेशको लागि पेशी तोकेपनि सो हेर्न नभ्याइएको भनी अब चैत्र ३१ गते पुनः पेशी तोकेको छ ।

यसै बीच सो विचाराधीन मुद्दाको विषयलाई लिएर एक निवेदक विनोद राज आचार्यले राष्ट्र बैंकका का. मु. गभर्नरलाई संबोधन गरी मिति २०८१/१२/२५ गते पत्र लेखी सर्वोच्च अदालतको अन्तरिम आदेश नआउन्जेल निज महा प्रसाद अधिकारीले पाउने उक्त गैर कानूनी सुविधा वापतको रकम रोक्का राख्न अनुरोध गरेका रहेछन् । तर यति हुँदाहुँदै अवकाश प्राप्त गरेको ४ दिन पनि नबित्दै महा प्रसादले आफ्नो नैतिकतालाई बिर्सेर अन्तरिम आदेश नकुरी आफ्नो बाँकी रहेको रु १ करोड मागेको कुरा राष्ट्र बैंककै एक स्रोतले जनाएको छ ।

Advertisement

वर्तमान का. मु. गभर्नर नीलम ढुङ्गाना तिम्सिना र डेपुटी गभर्नर बम बहादुर मिश्र दुवैले बैंकको लेखा विभागका उच्च अधिकारीलाई सो रकम निज अधिकारीलाई भुक्तानी दिन निक्कै दवाव दिएका छन् भनी सोही स्रोत बताउँछ । सोही स्रोतले जनाए अनुसार यदि उच्च पदाधिकारीहरुको यस्तै दवाव आइरहने हो भने लेखा विभागका धेरै कर्मचारी बिरामी परी घर बस्नेछन् र पछि डाक्टरको पुर्जा पेश गर्नेछन् । त्यत्रो सर्वोच्च अदालतमा आफु विरुद्ध चुनौती आइसकेपछि कमसेकम महा प्रसाद अधिकारीले अन्तरिम आदेशको प्रतीक्षा गर्दा श्रेयस्कर हुने नेपालका नेपाल सरकारका एक पूर्व सचिव तथा बैंककै पूर्व सञ्चालक बताउँछन्।

शेयर गर्नुहोस:

1.8k
Shares