मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुद्धका सन्देशलाई विश्वभर फैलाउन जरूरी : पूर्वराष्ट्रपति भण्डारी

बुद्धका सन्देशलाई विश्वभर फैलाउन जरूरी : पूर्वराष्ट्रपति भण्डारी

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।

लुम्बिनीमा थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन् ।

“गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ”, उनले भनिन्, “त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन बढेको छ ।”

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले सङ्घीय सरकारले लुम्बिनीको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पारे । उनले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्नेजस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गरे ।

लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उनले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।