मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
बिश्व घटना   

अमेरिकामा एक नेपाली युवक बेपत्ता

अमेरिकामा एक नेपाली युवक बेपत्ता

खोजीका लागि परिवार र प्रहरीको अनुरोध


शेयर गर्नुहोस:

4.3k
Shares

  • change font
  • change font
  • change font

पिकरिंगटन, ओहायो (अमेरिका) – अमेरिकाको ओहायो राज्यको पिकरिंगटन सहरमा बसोबास गर्दै आएका २८ वर्षीय नेपाली युवक निकेश आचार्य गत मार्च २४, २०२५ देखि बेपत्ता भएका छन्।

ओहायो एटर्नी जनरल डेव योस्टको कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, निकेश आचार्य अन्तिम पटक आफ्नो घरबाट निस्कँदा देखिएका थिए। उनी सन् २०१८ मोडलको डार्क ग्रे रंगको टोयोटा RAV4 (ओहायो प्लेट KDP7492) चलाउँदै थिए।

Advertisement


उनको सवारी साधन पछिल्लो पटक वेस्टर्भिल, ओहायोस्थित हूभर रेसर्भोइर नजिक देखिएको पुष्टि गरिएको छ।

निकेशको उचाइ ५ फिट ९ इन्च, तौल १४५ पाउण्ड रहेको र उनी कालो कपाल र खैरो आँखा भएका छन्।

उनको खोजीका लागि पिकरिंगटन प्रहरी विभागले सहयोगको अपिल गर्दै कुनै जानकारी भएमा तुरुन्त (614) 575-6911 वा ओहायो बीसीआई कार्यालय 855-BCI-OHIO (855-224-6446) मा सम्पर्क गर्न अनुरोध गरेको छ।

शेयर गर्नुहोस:

4.3k
Shares