मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

नागरिकता खोई अभियानले ड्यालसमा अन्तर्क्रिया गर्दै

नागरिकता खोई अभियानले ड्यालसमा अन्तर्क्रिया गर्दै


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । नेपाली नागरिकताको निरन्तरताको लागि क्रियाशील अभियान नागरिकता खोई अभियानले यही मार्च दोस्रो साता टेक्ससको ड्यालसमा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

गैरआवासीय नेपालीहरुले पहिले पाइसकेको वंशजको नेपाली नागरिकता नै कायम हुनुपर्ने मागलाई जनस्तरसम्म लैजान अमेरिकाव्यापी कार्यक्रम गर्ने क्रममा टेक्ससको ड्यालस र ह्युस्टनमा कार्यक्रम गर्न लागिएको अभियानका संयोजक वासुदेव घिमिरेले बताए ।

Advertisement

गैरआवासीय नेपाली संघलगायतका संस्थाहरुले नेपाली नागरिकताको निरन्तरताको लागि पैरवी गर्न नसकेको जनाउँदै अभियानले संसारभरि रहेका नेपालीहरुलाई जोड्नका लागि अन्तर्क्रिया गर्न लागेको हो । गैरआवासीय नेपाली संघलगायतका संस्थाहरुले नागरिकताको निरन्तरताको लागि खासै पैरवी गर्न नसकेकोले नागरिकता खोई अभियानले संसारभरि रहेका नेपालीहरुलाई जोड्नका लागि अन्तर्क्रिया गर्न लागेको कुरा उनले बताए ।

मार्च दोस्रो साता ड्यालसबाट सुरू हुने कार्यक्रम अमेरिकाका विभिन्न सहरहरुमा हुनेछन् । अभियानले मार्च १५ मा ड्यालस, मार्च १६ मा ह्युस्टन र मार्च २२ मा लसएन्जलसमा अन्तर्क्रिया कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिने जनाइएको छ ।

शेयर गर्नुहोस:

54
Shares