मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

अधिकारीको नेतृत्जवमा नेपाल इन्टरनेशनल फाउन्डेशन ग्लोबल महिला सञ्जाल गठन

अधिकारीको नेतृत्जवमा नेपाल इन्टरनेशनल फाउन्डेशन ग्लोबल महिला सञ्जाल गठन

हिमालय खबर

शेयर गर्नुहोस:

594
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउण्डेशनले बिनिता अधिकारीको नेतृत्वमा ग्लोबल महिला सञ्जाल गठन गरेको छ। फाउण्डेशनले फेब्रुअरी २८ ,२०२५ सुक्रबारका दिन भर्चुअल कार्यक्रमको आयोजना गरी गठित ग्लोबल महिला सञ्जालको घोषणा गरेको हो। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकी सह-महामन्त्री तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय(डिना)को प्रमुख आतिथ्यतामा घोषणा गरिएको ४० सदस्यीय सञ्जालमा, विश्वका विभिन्न २२ देशमा रहेका क्रियाशिल नेपाली महिलाहरु आबद्ध भएका छन्।

जय नेपाल फाउण्डेशनका केन्द्रीय अध्यक्ष डाक्टर यादव पण्डितको अध्यक्षता रहेको कार्यक्रममा घोषणा गरिएको सञ्जालको महासचिवको जिम्मेवारी प्रतिज्ञा अधिकारीलाई सुम्पिएको छ। सञ्जालको सदस्यहरुमा भने लक्ष्मी खरेल, उर्मिला कँडेल जोशी, निर्मला खड्का, अर्पना खड्का, निर्मला फुलारा ठाकुर, सिता अर्याल, अनु थापा, अप्साना कँडेल, भावना खनाल अर्याल, बिन्दु दुलाल, दीपा सिवाकोटी, दुर्गा तिवारी, ललिता शाह, लेमु दाहाल, निर्मला सुर्खाली, पुष्पा पोख्रेल, सरिता न्यौपाने, रामकुमारी दराल, रश्मिता कार्की, सचिना बानिया, सपना खाया, सरस्वती ओली, श्रद्धा अधिकारी, सिता खुलाल मगर, तारा खड्का मिश्र, जयकला राई, गीता रेउले, ज्योत्स्ना अधिकारी, गंगा कँडेल, मीनमाया खरेल, सुनिता कँडेल लामिछाने, निर्मला परियार, प्रिन्सेस खरेल, जेनिसा उप्रेती, पविता देवकोटा रेग्मी, लक्ष्मी खड्का खत्री, इन्दिरा बराल, स्मृति कार्की र रिता गुरुङ समेटिएका छन्।

जय नेपाल फाउण्डेशनका केन्द्रीय महासचिव अग्नि चौंलागाईले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा फाउण्डेशनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए।

प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सह-महामन्त्री तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय(डिना) ले जय नेपाल इन्टरनेशनल फाउण्डेशनको उद्देश्य र अभियानको खुलेर प्रशंसा गरेकी थिइन्। आफूले फाउण्डेशनलाई स्थापनादेखि नै नजिकबाट नियाल्दै आएको बताउदै उनले आगामी दिनमा फाउण्डेशन र गठित महिला सञ्जालसंग मिलेर काम गर्न आफू तयार रहेको बताइन्। प्रमुख अतिथि उपाध्याय(डिना)ले प्रजातन्त्रको पुनर्स्थापना पहिले र अहिलेको अवस्थामा केही परिवर्तन देखिएको भएतापनि त्यो पर्याप्त नभएको जिकिर गर्दै आमूल परिवर्तनका लागि अझैं सबै मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताइन्। उनले फाउण्डेशन र फाउण्डेशन अन्तर्गत नव गठित महिला सञ्जाललाई बधाई ज्ञापन गर्दै सफलताका लागि शुभकामनासमेत दिएकी थिइन्।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईँ, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्याल, ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेल तथा महासचिव नवराज न्यौपाने, ग्लोबल मिडिया नेटवर्कका संयोजक भगीरथ योगी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व उपाध्यक्ष दिलु पराजुली, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका युवा-उपाध्यक्ष तथा ग्लोबल युथ नेटवर्कका सदस्य अनुप खनाल लगायतले फाउण्डेशन र फाउण्डेशन अन्तर्गत गठित समितिहरुले नेपाल र नेपालीहरुको उन्नतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्दै सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेश्नल फाउण्डेशनका केन्द्रीय अध्यक्ष डाक्टर यादव पण्डितले फाउण्डेशनको उद्देश्यहरुका बारेमा प्रकाश पारेका थिए। उनले हालसम्म फाण्डेशनको ३८ भन्दा बढी च्याप्टरहरु गठन गरिसकिएको र फाउण्डेशन अन्तर्गत ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क र ग्लोबल मिडिया नेटवर्क यस अघि नै गठन भैसकेको जानकारी दिए। अध्यक्ष पण्डितले विदेश र नेपालमा रहेका महिलाहरुका बिच सञ्जाल गठन गरेर कर्मभूमि र मातृभूमिको विकासमा सक्दो टेवा पुर्‍याउने गठित महिला सञ्जालको प्रमुख लक्ष्य रहेको जिकिर गरे। सम्बोधनका क्रममा उनले संस्थाको आजीवन तथा साधारण सदस्यता लिएर अभियनमा जोडिन सबैलाई अनुरोधसमेत गरेका थिए।

गठन गरिएको महिला सञ्जालकी अध्यक्ष बिनिता अधिकारीले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा सञ्जाल गठनको उद्देश्य, लक्ष्य, योजना, भूमिका आदिका बारेमा चर्चा गरिनुका साथै सहभागिहरुबाट महत्वपूर्ण सुझाव सल्लाहहरु सङ्कलन गर्ने प्रयास गरिएको थियो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका महामन्त्री कृष्ण गिरी, फाउन्डेसनका संस्थापक सदस्य विश्व बराल, राजकुमार हमाल, ग्लोबल नलेज नेटवर्कका संयोजक डा निरज श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका मीड-वेस्ट कोअर्डिनेटर महेन्द्र बस्नेत तथा सदस्य विष्णु बराल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका सदस्य तथा फाउन्डेसनका नर्थ क्यारोलाइना च्याप्टर अध्यक्ष वासुदेव भट्ट, फाउन्डेसनकै मेरिल्यान्ड च्याप्टर अध्यक्ष केशव शर्मा, पोर्चुगलको अध्यक्ष पुनम गौतम, डेनमार्कको अध्यक्ष सिता बराल, नेपालको सदस्य सचिव विजयराज अधिकारी, ग्लोबल युथ नेटवर्कका सदस्यहरू सिजन दाहाल, मनीषा बस्नेत, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, च्याप्टर पदाधिकारी लगायतकाको उपस्थिति रहेको थियो।