राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि इमिग्रशनसंग सम्वन्ध अधिकारीहरु सकृय भएका छन् । विशेष गरी कागजात नभएका अपराधमा संलग्नलाई पक्राउ गरेर फिर्ता गर्नेकार्यलाई तिव्रता दिईएको छ ।
अमेरिकामा करिव ३ करोड कागजात विहिन अप्रवासी रहेको तथ्यांक छ । अहिले जति पक्राउ परेका छन् यो संख्या करिव ५ हजार हाराहारीमा छ । कागजात नहुदैंमा पक्राउमा परिहालिने अवस्था छैन् । अमेरिकामा वस्न पाउने कागजात विना वस्नु गैरकानुनी हो । अमेरिकामा मात्र होइन भिसा वा त्यहां वस्ने कागजात नभई नेपालमा पनि कानुनी रुपमा वस्न पाइंदैन । अमेरिका अहिले अप्रवासीका मामिलामा विश्वकै उदार देश भन्दा पनि हुन्छ ।
ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिका बस्ने माथिको कारवाहीलाई केही तिव्रता दिएको मात्र हो । पहिला पनि यस्तो कारवाही हुदैं आएको थियो । यति हुदां हुदैं पनि अहिलेको अवस्थामा गैर कानुनी रुपमा यहां वस्दै आउनु भएको छ, श्रम स्विकृत विना काम गर्दै आउनुभएको छ भने केही सतर्क भने हुनुपर्छ ।
वर्क अर्थराइजेशन विना काम गर्दै आएका विद्यार्थीलाई के हुन्छ भन्ने धेरैको चासो छ । अहिलेसम्म यसरी काम गर्दै आएका विद्यार्थी पक्राउ परेको समाचार आएको छैन । विद्यार्थीसंग काम गर्ने अधिकार नहुने हो तर, लिगत स्ट्याटस भने हुन्छ । काम गरेपनि आउट अफ स्ट्याटस नहुदां राम्रो हुन्छ । यस्ता विद्यार्थीले सकेसम्म काम गर्दा रोजगार दिने व्यक्तिसंग इमिग्रेशनका वारेमा आफ्ना कुरा राख्दा सजिलो हुन्छ । उपायहरु हुन्छन् ।
तपाईलाई इमिग्रेशन प्रहरीहरुले प्रश्न सोध्न रोक भने के गर्ने यसवारेमा गैर सरकारी संस्था सखीले वितरण गरिएको यो जानकारी तपाईलाई काम लाग्न सक्छ ।












प्रतिक्रिया