मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आक्ष्तबार दूतावासमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनाका साथै नेपालमा रहेका भारतीयहरूलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Advertisement

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमति र आश्रित परिवारलाई रु पाँच करोड बराबरको रकम वितरण र सम्मान गर्नुभयो । साथै भारतीय सशस्त्र बलका दुई सय १९ जना मृतक सदस्यका श्रीमति र आश्रित परिवारलाई रु २३ करोड २९ लाख वितरण गरिएको थियो ।

यसमा सन् २०२४ मा सेना समूह बिमा (एजिआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानीहरू समावेश छन् । कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारका कल्याणकारी पहलहरू समेटिएको ‘भूपु–२०२५’ पत्रिकाको पनि अनावरण गरेका थिए ।

दूतावासले नेपालका छ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई रु २३ लाख पाँच लाख बराबरको पुस्तक प्रदान गरेको छ । साथै सन् २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बिकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

बिकेजे क्विजको उद्देश्य विदेशी नागरिकहरू र विदेशमा बस्ने भारतीय समुदायलाई भारतको ज्ञान र बुझाइलाई गहिरो बनाउन प्रेरित गर्नु रहेको त्यस अवसरमा जानकारी दिइयो ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

शेयर गर्नुहोस:

81
Shares