जन्मसिद्ध नागरिकता समाप्त गर्ने उद्देश्यले जारी भएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशलाई संघीय न्यायाधीशले अस्थायी रोक लगाएका छन्।
राष्ट्रपति ट्रम्पले संविधानको १४ औं संशोधनका बेलादेखि कायम रहेको जन्मका आधारमा अमेरिकी नागरिक हुनसक्ने संवैधानिक अधिकारलाई चुनौती दिंदै पद बहाली गरेकै दिन जन्मसिद्ध नागरिकताको हक सम्बन्धी व्यवस्थामा परिमार्जन गर्नेगरी कार्यकारी आदेश जारी गरेका थिए। सो आदेशका विरुद्ध विभिन्न अदालतमा मुद्दा परेको भएपनि आज बिहीवार
वाशिंगटन राज्यका संघीय न्यायाधीश जोन कफेनरले हाललाई १४ दिनसम्मका लागि आदेश कार्यान्वयनमा अल्पकालीन रोक लगाएका हुन्।
राष्ट्रपति ट्रम्पले जनवरी २० मा पद बहाली गरेकै दिन दर्जनौं कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए भने उनका केही आदेशहरु पहिलो कार्यकालमा जस्तै विवादास्पद भएका छन् र तिनीहरु विरुद्ध अदालतमा मुद्दा पर्ने निश्चित जस्तै थियो। जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकारका बारेमा समेत तजबिजी आदेश गरेका ट्रम्पको आदेश तत्काल कार्यान्वयन नहुने भएको छ। संसभवत यो आदेश विरुद्ध सर्वोच्च अदालतसम्म फेरि एकपटक बहस हुने छ। यस अघि सन् १८९८ मा समेत एकजना चाइनिज मूलका अमेरिकी नागरिकलाई तिन गएर फर्कने बेला अमेरिका प्रवेशमा रोक लगाइएपछि त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता प्राप्त हुने अमेरिकी संविधानको पक्षमा फैसला गरेको थियो।
प्रतिक्रिया