मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

शुरु भयो भयो ट्रम्पको दोश्रो कार्यकाल, कार्यकारी आदेशका चाङ्ग

शुरु भयो भयो ट्रम्पको दोश्रो कार्यकाल, कार्यकारी आदेशका चाङ्ग


शेयर गर्नुहोस:

2.1k
Shares

  • change font
  • change font
  • change font

राष्ट्रपति ट्रम्पले ४७ औं राष्ट्रपतिका रुपमा पदभार सम्हाले लगत्तै समर्थहरुका अघि नौ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।  वासिंङ्गटन डिसीस्थित क्यापिटल वन एरेनामा आयोजित दोश्रो कार्यकाल उद्घाटन ऱ्यालीलाई सम्बोधन गरेपछि उनले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

फेडरल कर्मचारीले कार्यालय मै उपस्थित भएर काम गर्नुपर्ने, बाइडेनका कार्यकालमा जारी भएका करिब ८० वटा कार्यकारी आदेश फिर्ता गर्ने, मेक्सिको बोर्डरमा आपत्काल घोषणा, ‘पेरिस क्लाइमेट चेन्ज ट्रीटी’बाट अमेरिका अलग्गिने लगायतका आदेश जारी गरेका राष्ट्रपति ट्रम्पले अहिले भर्खरै ओभल अफिसमा थप आदेशमा हस्ताक्षर गरेका छन्। त्यसमध्ये २०२१, जनवरी ६ मा संसद भवन आक्रमणमा संलग्न करिब १,५०० आक्रमणकारीहरुलाई क्षमादान गर्ने आदेश समेत समावेश छ। हाल जेलमा रहेका सयौं दंगाकारीहरु आज राती नै जेलबाट छुट्ने अनुमान गरिएको छ।

तस्बिर स्रोतः सिएनएन

शेयर गर्नुहोस:

2.1k
Shares