मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सिड्नीमा सातौं तल्लाबाट खसेर एक नेपाली नर्सको मृत्यु

सिड्नीमा सातौं तल्लाबाट खसेर एक नेपाली नर्सको मृत्यु


शेयर गर्नुहोस:

4.5k
Shares

  • change font
  • change font
  • change font

पश्चिम सिड्नीस्थित एक बहुतल्ले अपार्टमेण्ट (पारामाट्टा) को सातौं तल्लाको बाल्कोनीबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको स्थानीय समाचार डेली मेलले जनाएको छ। जनवरी २ को बिहान करिब १.४५ तिर उनी सो अपार्टमेण्टको बाल्कोनीबाट खसेकी हुन्। करिब दुईवर्ष अघि मात्र लब्रिन्द सुवेदीसंग विवाह-बन्धनमा बाँधिएकी दीक्षा दाहालको भाइ सशान्तका अनुसार त्यो एकदमै दुखदायी दुर्घटना थियो।

नयाँ वर्षको खुसी सेलाउन नपाउँदै अष्ट्रेलियामा बस्ने नेपालीहरुले भयानक दुर्घटनाबाट नेपाली समुदायको एक सदस्य गुमाउनु परेको छ। सो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको स्थानीय समाचारहरुले जनाएका छन्।

शेयर गर्नुहोस:

4.5k
Shares