मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तिब्बतमा भूकम्पपछि ६४६ परकम्प : १२६ जनाको मृत्यु, १८८ जना घाइते

तिब्बतमा भूकम्पपछि ६४६ परकम्प : १२६ जनाको मृत्यु, १८८ जना घाइते

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्र विन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनर्स्थापना गरिएको छ ।

चाइनिज रेड क्रस सोसाइटी (आरसीएससी) ले मंगलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू समावेश छन् ।

आरसिएससीद्वारा आपत्कालीन सरसफाइ शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीहरूसहित ५० भन्दा बढी उद्धारकर्मीहरू पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।