मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
बिश्व घटना   

जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने

जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुने भएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले पूर्वराष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टिमा सहभागी हुने बताएका हुन् ।

Advertisement
ADVERTISEMENT

ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार–ए–लागो स्थित निवासमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित समारोहका क्रममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अन्त्येष्टि समारोहमा सहभागी हुने कुरा सार्वजनिक गरेका हुन् । “हामीलाई निमन्त्रणा गरिएको छ, म त्यहाँ हुन्छु” ट्रम्पले भने ।

कार्टरको परिवारका कुनै सदस्यसँग कुरा भएको छ कि छैन भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, “म भन्न चाहन्नँ ।”

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका कार्टरले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मेलमार्फत मतदान गरेका थिए ।

एक सामान्य कृषकबाट अमेरिकाको सर्वोच्च प्रशासकीय पदको नेतृत्व गर्न सफल कार्टरको अन्त्येष्टि शनिबार गृह राज्य जर्जियाबाट सुरू हुनेछ भने जनवरी ९ मा वासिङ्टन नेसनल क्याथेड्रलमा समापन हुनेछ । समारोहमा अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प अन्य महानुभावहरूसँगै उपस्थित हुने अपेक्षा गरिएको छ ।

आफ्नो कार्यकालको अन्तिम दिनहरूमा रहेका राष्ट्रपति जो बाइडेनले दिवङ्गत पूर्वराष्ट्रपतिले शोक सभामा उनले अमेरिका र विश्वप्रति गरेका कार्यहरूको चर्चा गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१८ मा पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको निधनपछि ट्रम्प पूर्वराष्ट्रपतिहरू कार्टर, बाराक ओबामा र बिल क्लिन्टनका साथै उनीहरूका पति÷पत्नीका साथ राजकीय अन्त्येष्टिमा सहभागी भएका थिए ।

वासिङ्टनमा हुने शोक सभापछि कार्टरको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जर्जियामा लगिने छ । एएफपी

शेयर गर्नुहोस:

135
Shares