मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल   

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको दु:खद निधन

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको दु:खद निधन

- डा बाबुराम भट्टराई

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको प्रधानमन्त्रीको रूपमा डा बाबुराम भट्टराईले सन् २०११ अक्टोबर २०-२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहसंगको गम्भीर वार्ता
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको दु:खद निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ।
निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु।
नेपालको प्रधानमन्त्रीको रूपमा मैले सन् २०११ अक्टोबर २०-२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा वहाँसंगको गम्भीर वार्तापछि भएका BIPPA सम्झौता, EPG वारे सहमति, दोहोरो कर मुक्तिको सम्झौता DTAA ( जुन प्रविधिक कारणले पछि नेपालमै हस्ताक्षर भएको) आदि नेपाल-भारत सम्बन्धका महत्वपूर्ण कोसेढुंगाको रूपमा रहिरहनेछन्।
वहाँसंग जहिले भेट्दा पनि शान्त र गम्भीर मुद्रामा विश्व र नेपाल-भारत द्विपक्षीय आर्थिक विकास र साझेदारीका विषयमा गहन विमर्श हुने गरेको म कहिल्यै बिर्सन सक्दिनँ। विशेषत: १७ औं सार्क सम्मेलनमा सन् २०११ नोभेम्वर १०-११मा माल्दीभ्समा भेट हुँदा दक्षिण एशियाली देशहरूवीच बहुपक्षीय कनेक्टिभिटी बढाउने र अन्तत: खुला बजारक्षेत्र बनाउनेबारे वहाँ र पाकिस्तानी प्र म युसुफ गिलानीसंग भएको कुरा सम्झना हुन्छ। मैले ठट्टैठट्टामा दुवैजनाको अगाडि भारत र पाकिस्तानको सम्बन्ध कस्तो रहन्छ भन्ने कुराले नै सार्कको भविष्य तय गर्ने हुनाले तपाईंहरूले राम्रो बनाउन मेहनत गर्नोस् सार्कका बाँकी हामी सबैले सघाउँछौं भनेको तर सार्क अहिले मृतप्रायः भएको देख्दा पीडाबोध हुन्छ।
डा. मनमोहन सिंह र बंगलादेशकी तत्कालीन प्र. म. शेख हसिना संग सन् २०१२ अगस्त ३०-३१ मा इरानको राजधानी तेहरानमा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको क्रममा भेट हुँदा नेपालको जलविद्युत भारत हुँदै बंगलादेश निर्यात गर्नेवारे गम्भीर कुराकानी भएको र वहाँहरू दुवै सकारात्मक रहेको विशेष सम्झना हुन्छ।
पछिल्लो पटक केही बर्ष पहिले दिल्लीमा भेट हुँदा हामी दुवै सत्ता बाहिर थियौं। अन्तरंग कुराकानी भयो। कुरैकुरामा थाहा लाग्यो मेरा JNU का गुरूहरू Prof. G S Bhalla, Prof. G K Chaddha वहाँका निकट मित्रहरू हुनुहुँदो रहेछ र वहाँहरूबाटै वहाँले मबारे सबै जानकारी पहिल्यै पाइसक्नुभएको रहेछ। निजी सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा कस्तो असर पार्दो रहेछ भन्ने नजिकबाट अनुभूति भयो।
असल र महान व्यक्तित्व डा. मनमोहन सिंहप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहीरो समवेदना!