बिश्व घटना

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्युँझिएपछि…

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्युँझिएपछि…


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font

जयपुर । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोस्ट मार्टम गरेन ।

तर, मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर, उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी)को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एक जना चिकित्सकले पोस्ट मार्टम नगरी पोस्ट मार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरू भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।

रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो । अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् । एएफपी