बिश्व घटना

चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दर्ता

चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दर्ता


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

चितवन । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनमा पूरक जाहेरी दर्ता भएको छ ।

सहकारीपीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी पूरक जाहेरी दिएको चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । जाहेरीमाथि अध्ययन गरेपछि मात्रै दर्ता गर्ने÷नगर्ने भन्ने कुराको निर्णय लिइने उनको भनाइ छ ।

Advertisement

‘रवि लामिछाने र छविलाल जोशीलगायत १० जनाविरुद्ध पूरक जाहेरी प्राप्त भएको छ । जाहेरीउपर हामीले अनुसन्धान गर्दैछौँ । अब हामी सरकारी वकिलको रायका आधारमा अघि बढ्छौँ’, उनले भने । सहकारी संघर्षपीडितका अध्यक्ष शालिकराम दवाडीसहित २३ जनाले प्रहरीमा पूरक जाहेरी दिएका हुन् ।

सहारा सहकारीको बचत रकम अपचलनको विषयमा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत यसअघि नै चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । सहारा सहकारीका संस्थापक गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध दर्ता भएको मुद्दामा साढे ३७ करोड रुपैयाँ मागदाबी गरिएको छ ।

पूरक जाहेरीको आधारमा थप अनुसन्धान गरी प्रहरीले मुद्दा दर्ता गर्ने उनले बताए ।