मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण


शेयर गर्नुहोस:

837
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ ।

हुथीहरूको जहाज आक्रमण गर्ने क्षमतालाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र बेलायतले बारम्बार आक्रमणहरू गरिरहेका छन् तर, लाल सागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ ।

Advertisement

मध्यपूर्वमा अमेरिकी सेनाका लागि जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, “अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले आज यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा हुथी लक्ष्यमा आक्रमण गरेको छ । यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमताहरू रहेका थिए”, सेन्टकमले भने  “नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका लागि सुरक्षित बनाउनका लागि यो आक्रमण गरिएको हो ।”

हुथी समूहले गाजायुद्धको समयमा प्यालेस्टिनीसँग एकताको संकेत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा समुद्री यातायातमा बाधा पुर्‍याउने लक्ष्यले इजरायलसँग जोडिएका जहाजमा आक्रमण गर्दै आएका छन् ।

हुथी आक्रमणको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ। विद्रोहीहरूले इजरायलको बेन गुरियन विमानस्थलमा आक्रमण गरेको बदलामा गत महिना होदेइडामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।

शेयर गर्नुहोस:

837
Shares