मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
नेपाल   
बिजनेस/ इकोनोमी   

ड्यालसमा चिठ्ठा ठगी गर्ने जोशी नेपालमा अदालतबाट दोषी

ड्यालसमा चिठ्ठा ठगी गर्ने जोशी नेपालमा अदालतबाट दोषी


तस्बिर: सामाजिक संजाल

ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको ग्राण्डपेरीको एक स्टोरमा कार्यरत रहँदा अर्काको नाममा परेको १० लाख डलर चिठ्ठा साटेर नेपाल फरार भएका पंकज जोशी १५ वर्षपछि दोषी प्रमाणित भएका छन् ।

सन् २००९ मा एक अमेरिकी अश्वेतले किनेको चिठ्ठामा १० लाख परेपछि जोशीले झुक्याएर उक्त रकम हात पारेका थिए । जोशीले सन् २००९ मे ३१ मा उक्त टिकट हात पारेर भुक्तानी लिन सफल भएका थिए । १० लाख डलर हात परेपिछ उक्त रकम नेपाल पठाएर उनी बिभिन्न देशमा लुक्दै पछिल्लो समयमा नेपाल पुगेका थिए । अमेरिकाले इन्टरपोल मार्फत उनको खोजी गरेको र नेपाल सरकारलाइ समेत कारवाहीका लागि पत्र लेखेपछि विशेष अदालतले जोशीलाइ दोषी ठहर गर्दै दुई करोड ६ लाख रुपैंया जरिवाना हुने फैसला गर्दै उनको खातामा रहेको रकम जफत हुने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ लाख रुपैंया जरिवाना हुने फैसला गर्दै उनको खातामा रहेको रकम जफत हुने फैसला गरेको हो ।

अध्ययनका लागि नेपालबाट अमेरिका अएका जोशीले १० लाख डलर चिठ्ठा परेका एक व्यक्तिलाई झुक्याएर उनको रकम हात पारेका थिए । उनले चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा रकम भित्र्याएका थिए । त्यसलगत्तै विभिन्न चरणमा नेपालमा रकम पठाएका उनी केही समयपछि नेपाल गए ।

चिठ्ठा परेका व्यक्ति ६७ वर्षिय विलिस विलिसले स्टोरका क्लर्कले झुक्याएर नपरेको भन्दै रकम लिएको उजुरी गरेका थिए । त्यसपछि अनुसन्धान अघि बढेको हो । ग्राण्डपेरीमा रहेको लकी फुड स्टोर नामक स्टोरमा जोशी काम गर्थे ।

त्यही स्टोरबाट विलिसले मेगामिलियन चिठ्ठा किनेका थिए । किर्ते गरेर अर्काले जितेको चिठ्ठा हात पारेर नेपाल भाग्ने जोशी सो घटना हुँदा २५ वर्षका थिए । उनी युटी अर्लिङ्गटनमा अध्ययनका लागि अएका थिए ।

अपराधबाट आर्जित रकम नेपालमा लिएर भागेपछि अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले नेपालमा पत्र पठाएको थियो । त्यसपछि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा हालेको थियो ।

गैरकानूनी काम गरेर रकम आर्जन गरेको(सम्पत्ति शुद्धीकरण) गरेको अवस्थामा नेपालभित्र वा बाहिर जहाँ रहेको व्यक्तिहरुमाथि समेत अनुसन्धान हुनसक्ने भन्दै विशेष अदालतले पंकज जोशीमाथि मुद्दा दायर भएको घटनालाई स्वभाविक भनी व्याख्या गरेको छ ।

विशेष अदालतले उनलाई कुनै कैद सजायँ भने तोकेको छैन । सो अभियोगमा जोशीलाइ दुई करोड ६ लाख जरिवाना गर्दै उनको नेपालस्थित बैंकखातामा रहेका रकमहरु रोक्का हुने फैसला गरेको हो ।

जोशी विरूद्ध अमेरिकामा पनि मुद्धा छ ।