मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ड्यालसमा हुन लागेको पिकनिक कार्यक्रममा उपप्रमुख उप्रेतीको शुभेक्षा

ड्यालसमा हुन लागेको पिकनिक कार्यक्रममा उपप्रमुख उप्रेतीको शुभेक्षा


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

टेक्सस । चितवनको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले शुभकामना सन्देश दिँदै अमेरिका–चितवन सम्पर्क मञ्चले सेप्टेम्बर १५ मा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आयोजना गर्न लागेको पिकनिक कार्यक्रमको सफलताको कामना गरेकी छन् ।

सो पिकनिक कार्यक्रमले विदेशमा रहेका चितवनवासीबीचको आपसी स्नेृह, भाइचारा र मित्रताको सम्बन्धलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेकी छन् । यस प्रकारका कार्यक्रमबाट नेपालीपन, परम्परा र संस्कृति झल्काउन मद्दत पुग्ने बताउँदै हरेकले आफ्नो थातथलोप्रतिको माया र इमानदारितालाई प्रेरित गर्ने उनको भनाइ छ ।

पिकनिक कार्यक्रमका आयोजक तथा सहभागीहरुप्रति बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै आउँदै गरेको विजयादशमी, शुभदीपावली तथा छठपर्वको समेत शुभकामना व्यक्त गरेकी छन् । चाडपर्वमा सबैमा शान्ति, समृद्धि र भाइचाराको भावना विकास गराओस् भन्ने शुभेक्षासमेत उनले प्रकट गरेकी छन् ।

अमेरिकामा पाँच लाख नेपालीमध्ये सबैभन्दा बढी बसोबास गर्ने राज्य टेक्सस हो । टेक्ससमा एक लाख बढी नेपाली बसोबास गर्ने बताइन्छ ।

शेयर गर्नुहोस:

351
Shares