अमेरिका समाचार

चीनका लागि जासुसी गर्ने पूर्व सिआइए अधिकृतलाई १० वर्षको जेल सजाय

चीनका लागि जासुसी गर्ने पूर्व सिआइए अधिकृतलाई १० वर्षको जेल सजाय


शेयर गर्नुहोस:

864
Shares

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकामा चीनको जासुसी गर्ने एक पूर्व सिआइए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय अलेक्जेन्डर युक चिङ माले एफबिआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेका छन् । यसपछि उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए ।

मा अमेरिकी नागरिक हुन् र उनको जन्म हङकङमा भएको थियो । उनले सिआइएमा र त्यसपछि एफबिआईमा १९८२ र १९८९ को बीचमा काम गरेका थिए । सम्झौताको एक भागको रूपमा दायर गरिएको उनको निवेदनमा उनले आफ्नो बाँकी जीवन अभियोजन पक्षलाई सहयोग गर्ने वाचा गरेका थिए, जसमा सरकारी एजेन्सीहरूका प्रश्नहरूको जवाफ समावेश थियो ।

Advertisement

उक्त सजायमाथि बुधबार बहस भएको थियो, जसमा अमेरिकी सरकारका तर्फबाट उपस्थित वकिलहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए । अधिकारीहरूले माले एक आफन्तसँग षड्यन्त्र गरे जो एक सिआइए एजेन्ट थिए र सांघाई राज्य सुरक्षा ब्यूरोमा गुप्तचर अधिकारीहरूलाई गोप्य जानकारी दिए ।

संघीय अभियोजकहरूले हङकङमा भएको बैठकको क्रममा रेकर्ड गरिएको भिडियोले माले गोप्य जानकारीको बदलामा प्राप्त गरेको ५० हजार डलर नगद गणना गरेको देखाउँदछ ।

हवाईमा रहँदा उनी सन् २००४ मा एफबिआईमा भर्ना भए । एफबिआईलाई उनको गतिविधिमा पहिले नै शंका थियो । अभियोजकहरूले उनीहरूलाई अनुगमन गर्नका लागि काममा राखिएको बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार ती आफन्त अरू कोही नभई मृत्यु भएका माका भाइ थिए । एजेन्सी

शेयर गर्नुहोस:

864
Shares