नेपाल

तनहुँ बस दुर्घटना अपडेट : २७ जनाको मृत्यु, १६ घाइतेको हेलिकप्टरमार्फत उद्धार

तनहुँ बस दुर्घटना अपडेट : २७ जनाको मृत्यु, १६ घाइतेको हेलिकप्टरमार्फत उद्धार


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रुबस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

Advertisement

१५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।