मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
अमेरिका समाचार   
ग्लोबल   

डेमोक्रेटिकको राष्ट्रपति उम्मेदवार छान्न मतदान सुरू, ह्यारिसले बहुमत ल्याउने निश्चित

डेमोक्रेटिकको राष्ट्रपति उम्मेदवार छान्न मतदान सुरू, ह्यारिसले बहुमत ल्याउने निश्चित

हिमालय खबर

शेयर गर्नुहोस:

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरू भएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित मानिएको छ ।

डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूले अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न मतदान गर्न सक्नेछन् । यसपछि नतिजा सार्वजनिक हुनेछ । कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्रेटका ४ हजार प्रतिनिधिमध्ये १९७६ मत चाहिन्छ । वासिङ्टन पोस्टको रिपोर्टका अनुसार उनले यो आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ ।

अगस्त ६ मा मतदान सकिएपछि कमलाले उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम पनि घोषणा गर्न सक्नेछिन् । त्यसपछि दुवै नेताले अमेरिकामा नयाँ चुनावी अभियान सुरू गर्नेछन् । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

बाइडेनको फिर्ताको भोलिपल्ट जुलाई २२ मा कमलाले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारीको लागि बहुमत हासिल गरिन् । न्यूयोर्क टाइम्सका अनुसार कमला ह्यारिसलाई ४ हजारमध्ये १९७६ प्रतिनिधिको समर्थन प्राप्त भएको थियो । त्यसपछि उनले जुलाई २६ गते उम्मेदवारी फारम भरेर औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका थिए । बाइडेन दौडबाट बाहिरिएपछि डेमोक्रेटिक पार्टीका सबै ठूला नेताहरूले कमला ह्यारिसलाई समर्थन गरेका छन् । जसमा पूर्वराष्ट्रपति बाराक ओबामा, उनकी पत्नी मिसेल ओबामा, बिल क्लिन्टन र हिलारी क्लिन्टन रहेका छन् ।

राष्ट्रपतिको उम्मेदवारीका लागि कमलाको नाम आएपछि अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीको प्रदर्शनमा सुधार आएको छ । मर्निङ कन्सल्ट पोलका अनुसार ७ महत्त्वपूर्ण राज्यमध्ये कमला ४ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा अगाडि छिन् ।

ह्यारिसले रोयटर्स र इप्सोसको सर्वेक्षणमा पनि ट्रम्पलाई पछि पारेका छन् । जबकि ट्रम्प २ राज्यमा अगाडि छन् । एक सिटमा प्रतिस्पर्धा बराबर छ । जबकि बाइडेन चुनावी मैदानमा रहँदा यी सबै राज्यमा ट्रम्पभन्दा पछाडि थिए । अर्कोतर्फ कमलाले डेमोक्रेटिक पार्टीमा पनि आफ्नो प्रभाव बढाएकी छिन् ।