मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   

नयाँ प्रतिद्वन्द्वी ह्यारिसविरुद्ध चुनावी रणनीति तयार पार्दै ट्रम्प

नयाँ प्रतिद्वन्द्वी ह्यारिसविरुद्ध चुनावी रणनीति तयार पार्दै ट्रम्प


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा १०० दिनभन्दा कम समय बाँकी रहँदा उम्मेदवार डोनाल्ड ट्रम्प आफ्नो नयाँ प्रतिद्वन्द्वी कमला ह्यारिसलाई मध्यनजर गर्दै चुनावी रणनीति बदल्न बाध्य भएका छन् ।

जुलाई २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई डेमोक्र्याटिक उम्मेदवारको रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकनको रणनीति उथलपुथल भएको हो ।

Advertisement
ADVERTISEMENT

ट्रम्पले ८१ वर्षीय बाइडेनको स्वास्थ्यलाई आफ्नो राजनीतिक रणनीति बनाउदै उहाँलाई कमजोर वृद्धको रूपमा चित्रण गरेका थिए । अब उनले आफूभन्दा लगभग दुई दशक कान्छी पहिलो अश्वेत, महिला र दक्षिण–एसियाली मुलको नितान्त फरक उम्मेदवारको सामना गर्नेछन् ।

उम्मेद्वारको परिवर्तनले ट्रम्प र रिपब्लिकनहरूलाई आफ्नो रणनीति द्रूत रूपमा परिवर्तन गर्न बाध्य पारेको छ । अहिलेसम्म उनले आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई ‘लाइङ कमला’, ‘लाफिङ कमला’ र ‘क्रेजी कमला’ का रूपमा वर्णन गरेका छन् ।

गत हप्ता उत्तरी क्यारोलिनामा आयोजित समारोहमा गर्भपतनको विषयमा ह्यारिसको गलत व्याख्या गर्दै ट्रम्पले अमेरिकी उपराष्ट्रपतिलाई ‘बच्चाको मृत्युदण्ड’ को पक्षमा रहेको झूटो आरोप लगाएका थिए । ।

चुनावी अभियानअन्तर्गत ट्रम्प बुधबार अश्वेत समुदायले सामना गर्ने समस्याको विषयमा अफ्रिकी–अमेरिकी पत्रकारहरूसँग छलफल गर्न शिकागो जानुहुनेछ । त्यसको भोलिपल्ट उनले पेन्सिलभेनियामा एउटा अभियान र्‍याली आयोजना गर्नेछन् । चुनावी कार्यक्रमको नै शिलशिलामा ट्रम्प शनिबार एटलान्टा र जर्जिया पुग्नेछन् ।

अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपतीय दौडमा ह्यारिसको प्रवेश रिपब्लिकनका लागि ‘कडा चुनौती’ भएको वर्णन गरेका छन् ।

हालैका दिनमा चुनावी अभियानका लागि विस्कन्सिन, जर्जिया र इन्डियाना पुगेकी ह्यारिसले बुधबार साँझ टेक्सासको ह्युस्टनमा अफ्रिकी–अमेरिकी विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्नेछिन् । (एएफपी)

शेयर गर्नुहोस:

135
Shares