मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   

ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकैदिन ४७ मिलियन डलर संकलन

ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकैदिन ४७ मिलियन डलर संकलन


शेयर गर्नुहोस:

567
Shares

  • change font
  • change font
  • change font

अमेरिका । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ । मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लुमार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।

ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठूलो डोनेसन भएको उल्लेख गरेको छ ।

यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहँदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारीबारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो ।

शेयर गर्नुहोस:

567
Shares