मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

एसिसी महिला एसिया कप क्रिकेट : नेपालद्वारा युएई पराजित

एसिसी महिला एसिया कप क्रिकेट : नेपालद्वारा युएई पराजित

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालले एसिसी महिला एसिया कप क्रिकेट-२०२४ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।

श्रीलङ्काको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन् । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै, रुबिना क्षेत्रीले १० रन बनाइन् भने सीता रानामगर र पूजा महतोले समान सात÷सात रनको योगदान गरे । बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन् भने लभन्या केनीले एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन् । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन् । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे ।

नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्ने भएको छ ।