मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

हिमालय खबर

शेयर गर्नुहोस:

486
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैधरूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ ।

न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउँदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन् । क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन् । न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन् ।

फैसलापछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउँदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिए । उनले भनेका छन्, ‘यस फैसलाले सबै राजनीतिक आक्रमणहरू समाधान गरेको छ जुन मेरा राजनीतिक विरोधीहरूको म विरुद्ध चुनावी षड्यन्त्र थियो ।’

ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढङ्गले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । यसबाहेक ट्रम्पमाथि ती कागजातहरू फिर्ता गर्न एफबीआईको प्रयासमा अवरोध गरेको आरोप पनि लगाइएको छ ।

यसबाहेक ट्रम्पमाथि आठ विभिन्न आरोप लगाइएको थियो । यी अभियोगहरूमा न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने समावेश छन् । तर, ट्रम्पले आफूलाई सबै आरोपबाट निर्दोष घोषणा गरेका छन् । एनके