मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   

ट्रम्पलक्षित आक्रमणको भनिएको भिडियो सञ्चारमाध्यममा भाइरल, स्वतन्त्ररूपमा पुष्टि हुन बाँकी

ट्रम्पलक्षित आक्रमणको भनिएको भिडियो सञ्चारमाध्यममा भाइरल, स्वतन्त्ररूपमा पुष्टि हुन बाँकी

रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई शनिबार गोली लागेपछि मञ्चबाट निकालिँदै। तस्बिर : एपी

शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

बटलर, अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेर्स्याइरहेको शनिबार अमेरिकी प्रसारक टिएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो ।

Advertisement

अमेरिकी गुप्तचर निकाय एफबिआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यु क्रुक्स रहेको जनाएको छ । भिडियोमा कथित आक्रमणकारी छतमा सुतेर ट्रम्पतर्फ राइफल लक्षित गरेको देखिन्छ ।

“केटाको लामो खैरो कपाल छ, र उसले खैरो सर्ट/खाकी पाइन्ट लगाएको देखिन्छ र उसले ‘ट्रिगर’ तान्नुअघि टाढाबाट ध्यानपूर्वक लक्ष्य पत्ता लगाउने प्रयास गरिरहेको देख्न सकिन्छ,” टिएमजेडले भिडियोलाई उद्धृत गर्दै भनेको छ ।

प्रसारित भिडियोमा ती व्यक्तिले गोली चलाएको देखाइएको छैन । तर, बन्दुक चलेपछि अफ–क्यामेराबाट मानिसहरू बोलेको आवाज सुनिन्छ । “ऊ यस दिशामा फर्किरहेको छ, सावधान रहनुहोस् साथीहरू”, एक व्यक्तिले भिडियोमा भन्दै गरेको आवाज सुनिएको छ ।

“कसैलाई गोली लागेको छ”, अर्को व्यक्तिको आवाज सुनियो, “ऊ त्यहीँ ढलिरहेको छ ।”

“साथी, ट्रम्प सही ठाउँमा छन्,” अर्को व्यक्तिले भनेको सुनिन्छ ।

“त्यहाँ ‘सेक्रेट सर्भिस’ छ, कुनै पनि गडबडी नगरौँ,” भिडियोमा अर्का व्यक्तिले भनेको सुनिन्छ । टिएमजेडले प्रकाशित गरेको दोस्रो भिडियोमा उही छत र धुमिल शरीरको फुटेज देखाइएको छ ।

“तपाईंले त्यहाँ ती व्यक्तिलाई देख्न सक्नुहुन्छ । मलाई लाग्छ उनीहरूले त्यो व्यक्तिलाई गोली प्रहार गरे किनभने ऊ मृत देखिन्छ”, अफ–क्यामेराभन्दा टाढाबाट एकजना व्यक्तिले भनिरहेका थिए ।

एक टिकटक प्रयोगकर्ताले पोष्ट गरेको भिडियोमा धेरै पटक गोलीको आवाज सुनेपछि ट्रम्पले आफ्नो दाहिने कान छोपेको देखिएको छ ।

सार्वजनिक भिडियोलाई स्वतन्त्ररूपमा पुष्टि गर्न सकिएको छैन । भिडियोमा लुकेर बसेका तारो हान्ने व्यक्ति (स्नाइपर) ले बन्धुक चलाए वा चलाएनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पलक्षित आक्रमणपछि उनी लेक्टर्नको पछाडि लुकेका थिए भने सिक्रेट सर्भिसका अधिकारीहरूले उनलाई घेरेर सुरक्षा दिएका थिए । उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । ट्रम्प खतरामुक्त्त रहेको उनीनिकट स्रोतले बताएको छ । एएफपी

शेयर गर्नुहोस:

405
Shares