अमेरिका समाचार

ट्रम्पमाथि गोली प्रहारको घटनाप्रति बाइडेनद्वारा दुःख व्यक्त

ट्रम्पमाथि गोली प्रहारको घटनाप्रति बाइडेनद्वारा दुःख व्यक्त


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकामा राजनीतिक हिंसा सह्य नभएको दोहोर्‍याएका छन् ।

राष्ट्रपति बाइडेनले राजनीतिक हिंसालाई बिरामी मानसिकताको उपज भन्दै ट्रम्पको अवस्था सुरक्षित रहेकोमा आफू खुसी रहेकोसमेत उल्लेख गरेका छन् ।

Advertisement

शनिबार पेन्सलभेनियाको चुनावी सभालाई सम्बोधन गरिरहेका ट्रम्पमाथि एक्कासि मैदान बाहिरबाट गोली प्रहार भएको जनाइएको छ । उक्त घटनामा संलग्न गोली प्रहार गर्ने व्यक्ति मारिएको जिल्ला महान्याधिवक्ताले सिएनएनसँग बताएका छन् ।

यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

शेयर गर्नुहोस:

81
Shares