मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

Official portrait of President Donald J. Trump, Friday, October 6, 2017. (Official White House photo by Shealah Craighead)

शेयर गर्नुहोस:

2.5k
Shares

  • change font
  • change font
  • change font

पेन्सलभेनिया (अमेरिका) । चुनावी प्रचार प्रसारको लागि एउटा ऱ्यालीमा सहभागी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोलीबाट उनको दाहिने कानबाट रगत बगेको तस्बिरहरु अहिले सञ्चार माध्यमहरुमा आइरहेका छन् ।

ट्रम्पको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । मञ्चमा भाषण गरिरहेका ट्रम्पलाई गोली हान्ने व्यक्ति को हुन् भन्ने बारेमा अहिलेसम्म केही सार्वजनिक भएको छैन । गोली प्रहारपछि घाइते ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीहरुले अस्पताल पुऱ्याएका थिए ।

गोली प्रहार गरेर राजनीतिक हिंसा सुरुवात गरेकोमा अमेरिकामा सबै तिरबाट निकै चिन्ता व्यक्त गरिएको छ । तर कस्ले र के कारणले गोली हानेको हो भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन । पछिल्लो समाचारहरुका अनुसार ऱ्यालीमा सहभागी एकजना र गोली हान्ने व्यक्ति समेत मारिएको जनाइएको छ। सन् २०१७ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्प यसपटक पनि उम्मेदवार हुने तयारीमा छन् ।

बाईडेनद्वारा दुःख व्यक्त
अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकामा राजनीतिक हिंसा सैह्य नभएको दोहोऱ्याएकाछन् ।

राष्ट्रपति बाइडेनले राजनीतिक हिंसालाई बिरामी मानसिकताको उपज भन्दै ट्रम्पको अवस्था सुरक्षित रहेकोमा आफू खुशी रहेको समेत उल्लेख गरेकाछन् ।

सं- समाचार अपडेट गरिएको 

शेयर गर्नुहोस:

2.5k
Shares