मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

ट्रम्पलाई एक व्यक्तिले दिए पाँच करोड डलर चन्दा

ट्रम्पलाई एक व्यक्तिले दिए पाँच करोड डलर चन्दा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले पाँच करोड डलर चन्दा दिएका छन् । अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ ।

ट्रम्पको लागि काम गर्ने मागा आइएनसी नामक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना विभिन्न व्यक्तिहरुबाट ६५ मिलियन डलरभन्दा बढी चन्दा लिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन् । त्यस्तै अर्बपति लिज र डिक उइलेनले एक मिलियन डलर दान गरेका छन् ।

अमेरिकी मिडियाका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा दिएका हुन् । मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरलाई २० मिलियन डलर चन्दा दिएका छन् ।

मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनले भन्दा बढी खर्च गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।