अमेरिका समाचार

युलेसमा प्रवासी मञ्चको भेला सहितको वनभोज

युलेसमा प्रवासी मञ्चको भेला सहितको वनभोज


शेयर गर्नुहोस:

4.1k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । प्रवासी मञ्च टेक्सस च्याप्टरले आइतबार टेक्ससको युलेसमा भेला सहितको वनभोज कार्यक्रम आयोजना गरेको छ ।

युलेसको बब एडन पार्कमा आयोजना गरिएको वनभोज सहितको कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा मञ्चका स्थानीय नेताहरु, सर्वसाधारण, शुभेच्छुक र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Advertisement

एक आपसमा चिनजान र पारिवारिक माहोलसहित रमाइलो गर्न पिकनिक सहितको भेला आयोजना गरिएको च्याप्टर अध्यक्ष राजु नेपालले बताए । गत महिना सम्पन्न अधिवेशनले नेपालको अध्यक्षता च्याप्टरको नयाँ नेतृत्व चयन गरेको हो ।

शेयर गर्नुहोस:

4.1k
Shares