मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

भारतमा चुनाव

भारतमा चुनाव

आज मतमणना सत्तारुढ विजेपीले फेरी जित्ने अनुमान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर: सामाजिक संजाल

भारतको चुनावी महासंग्रामको मतगणना अमेरिकी समय अनुसार आज सोमवार सांझवाट शुरु हुदैं छ । ७ चरणमा भएको यो चुनाव पछि आएका मत सर्वेक्षण एक्जिट पोलहरुले सत्तारुढ हिन्दुवादी दल भारतीय जनता पार्टीले पुर्ण बहुमतका साथ जित्ने अनुमान देखाएका छन् ।

मिडियामा आएका विभिन्न सर्वेहरुले वीजेपी गठवन्धनले ३६० देखि ४०० सिट सम्म ल्याउने अुनमान गरिएको छ । वीजेपी गठवन्धनको लक्ष्यपनि ४०० सिट ल्याउने थियो । संसदिय व्यवस्था रहेको भारतमा यो संख्या सरकार वनाउनका लागि पर्याप्त हो । भारतको लोकसभामा ५ सय ४३ संसदिय सिट छन् । जसमा जसले बहुमत ल्याउंछ उसले नै सरकार चलाउंछ ।

भारतको यो चुनावमा करिव ६४ करोड मतदाताले भाट हालेका थिए । १ अर्ब ४० करोड जनसंख्या रहेको भारतमा करिव ९७ करोड मतदाता थिए । यो अमेरिकाको कुल जनसंख्या भन्दा झण्डै दोब्बर हो । यती धेरै मतदाता रहेकाले भारतलाई विश्वकै सवैभन्दा ठुलो प्रजातान्त्रिक देश भनिएको हो । चीनमा पनि भारतकै हाहाहारीमा मतदाता रहेपनि त्यहा यस्तो प्रजातान्त्रिक चुनाव हुदैंन ।

यो चुनावमा पनि भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीकै जादु चलेको छ । उनले करिव तीन महिनाको चुनावी अभियानका क्रममा २ सय भन्दा वढी शहरमा रोड शो गरेका थिए । पुर्वाधार विकास, हिन्दुत्व, विश्व स्तरमा भारतको वढ्दो उपस्थितिलाई मोदीले मुख्य मुद्दा वनाउंदै आएका छन् । यसलाई यसपटक पनि भारतीय जनताले विश्वास गरेका छन् । यही कारण तीनपटक लगातार चुनाव जितेर मोदीले नयां इतिहास वनाउन तर्फ अग्रसर छन् ।

नयां दिल्ली स्थित प्रधानमन्त्री निवासमा परिवार विना एक्लै वसेर राज गर्दै आएका मोदीलाई भारतीय जनताले विश्वास गर्नुको अर्को कारण उनको स्वच्छ छवि पनि हो । १० वर्षे कार्यकालमा मोदीलाई भष्ट्राचारको आरोप लागेको छैन । निसन्तान मोदीकी कानुनी पत्नी गुजरातमा कुनै तडकभडक विना शान्त जीवन विताउंदै आएकी छिन् । उनले प्रधानमन्त्री निवासमा पाहिला समेत टेकेकी छैनन् ।

वीजेपीले जित्ने अनुमान संगै भारतको अर्थतन्त्रमा पनि सकरात्मक प्रभाव देखिन थालेको छ । चुनाव पछि शेयर बजारमा उछाल आएको छ भने भारतीय रुपैंया भारु मजबुत भएको छ ।

चुनाव प्रचार सकाएर ४८ घण्टा ध्यानमा वसेको मोदीले साधना सकिए लगत्तै देश वनाउनका लागि बलिदान होइन योगदान गर्न आव्हान गरेका छन् । आउने दिनमा अझ सुधार , परिवर्तन, रुपान्तरणलाई जोड दिने उनले वनाएका छन् ।

चुनावमा विपक्षीको नेतृत्व पुरानो सत्तँरुढ पार्टी कांग्रेस आईका राहुल गान्धीले गरेका थिए । उनलाई उनकै दिदी प्रियंका गान्धीले साथ दिएकी थिईन । कयौं स्थानमा विपक्षीले गठवन्धन गरेको थियो । तर, यसले भारतीय मतदातामा लहर ल्याउन सकेन । यस पटक पनि पुरानो सत्तारुढ पार्टी कांग्रेस र गान्धी परिवारको जादु चल्न सकेन । अहिलेसम्म अविवाहित राहुलले यो चुनावका लागि निकै मेहिनेत भने गरेका थिए । यदी एक्जिट पोट सही भएमा यो राहुल गान्धीको नेतृत्वमा भएको चुनावको तेस्रो पटक हार हुने छ ।

विपक्षीले मोदीलाई तानाहासी लादेको भन्दै विरोध गरेको थियो । मोदी फेरी सत्तामा आए भारतको वर्तमान संविधान परिवर्तन गर्न सक्ने भन्दै त्रास देखाएका थिए । मुस्लिम लगायत अल्पसंख्यक जातीलाई आफ्नो पक्षमा ल्याउन आरक्षण लगायत विभिन्न आश्वासन दिएका थिए । तर, मतदाताले यस्तो आरोपलाई खारेज गर्दै विकास पुर्वाधार जस्ता क्षेत्रमा चासो देखाएका छन् ।

मिडिया भर्सेस विपक्षी:
नतिजा पुर्व सर्वे आए पछि मिडिया र विपक्षी पार्टी विच पुन एक पटक तर्क वितर्क शुरु भएका छन् । विपक्षी नेताहरुले बीजेपी र मोदीको चाहना अनुसार एक्जिट पोल आएको आरोप लगाएका छन् ।

मिडियाले भने जनता समक्ष पुगेर एक्जिट पोल गरेको वताएका छन् । यसमा मिडिया सही हुन्छ कि विपक्षी पार्टीका नेता हो मंगलवारसम्म थाहा हुने छ ।

नेपालमा प्रभाव :
नेपाल र भारत विच रोटी र वेटीको सम्वन्ध छ । नेपालको सवैभन्दा ठुलो व्यापार भारतसंग हुन्छ । नेपालीको भान्सामा पाक्ने तरकारी देखी चढ््ने वाहन सम्म भारतवाटै आउंछ । भारतको चुनावले सवैभन्दा वढी प्रभाव पार्ने भनेको नेपालमै हो । भारतको सुरक्षाका दृष्टिले पनि नेपाल पहिलो प्रथामिकतामा पर्छ ।

नेपालको राजनीतिमा समेत भारतको प्रभाव छ । भारतमा हिन्दुवादी दलले पुन जित्ने भएकाले सवैभन्दा वढी हिन्दु वस्ने नेपालमा यसको पनि प्रभाव पर्छ । यसले नेपाललाई हिन्दुराष्ट्र वनाउन चाहनेहरुलाई वल पुग्ने छ ।

मोदीले चुनाव पछि वाचा गरेअनुसार सुधार र थप रुपान्तरणलाई जोड दिए भने नेपाल विकास र आर्थिक सुधारका मामिलामा छिमेकी भन्दा निकै पछाडी पर्ने छ ।

अहिलेनै नेपाल आर्थिक सुधारमा भारतभन्दा निकै पछाडी परिसकेको छ । भारत र नेपालका विचमा अहिलेनै पुर्वाधारमा ठुलो अन्तर देखिन थालिसकेको छ । सिमा वारपारको सडक हेर्दा नै त्यो थाहा हुन्छ । यो अवस्थामा नेपालले विदेशी लगानी भित्राउन थप मेहिनेत गुर्न पर्ने स्थिती हुन्छ ।

भारतको नेपाल नीतिमा भने खासै परिवर्तन हुने ठाउं छैन । साउथ ब्लक र रअ कयौं वर्ष अघि देखिनै नेपालमा माइक्रो म्यानेजमेन्टमा अभ्यस्त छन् । यो भारत र नेपाल दुवै विचको राम्रो समन्धका लागि वाधक छ । विश्वकै तेस्रो ठुलो अर्थतन्त्र वन्ने वाटोमा अग्रसर भारतले नेपालको आर्थिक र पुर्वाधार विकासमा थप सहयोग गर्यो भने यो दुवै देशका लागि फाइदाजनक हुने छ ।