मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौं। सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर आज काठमाडौं फर्किएका छन्।

लुक्लाबाट अपराह्न काठमाडौं आइपुगेका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन व्यवसायीलगायतले भव्य स्वागत गरेका थिए।

Advertisement

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार कामिरिता शेर्पाले यही जेठ ९ गते बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा ३०औँ पटक पाइला टेकेर कीर्तिमान बनाएका थिए।

वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्। यो ‘सिजन’मा कामिरिताले गत वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेका थिए। कामिरिताले गत वर्षझैँ यसपटक पनि दुईपटक सगरमाथा आरोहण गरेका हुन्।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका उनका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा उनी सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएक थिए। यस वर्षको वसन्त ऋतुमा गत वैशाख २८ गतेदेखि सगरमाथा आरोहण सुरू भएको थियो।

शेयर गर्नुहोस:

54
Shares