मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

नेपालको संस्कृति चिनाउन अमेरिकामा सांस्कृतिक कार्यक्रम

नेपालको संस्कृति चिनाउन अमेरिकामा सांस्कृतिक कार्यक्रम


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

टेक्सास (अमेरिका) ।  नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आइतबार अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका विभिन्न सङ्घ/संस्थाको सहभागितामा आयोजना गरिएको कार्यक्रममा नेपालका सातवटै प्रदेशका कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै पर्यटकीय गन्तव्यको प्रदर्शनीसमेत गरिएको थियो

कार्यक्रममा सुदूरपश्चिमेली समुदायको सांस्कृतिक बाजा दमाहा, झाँकी र डेउडा कार्यक्रमको आकर्षण बनेको थियो । सांस्कृतिक झाँकीसहितको ¥याली र बाजागाजासहित न्यूयोर्कको म्यानहाटन सहर परिक्रमा गरी समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी न्यूयोर्क सिटीका प्रमुख इरिक एडम्सले नेपाल एक पटक घुम्नै पर्ने ठाउँ रहेको बताए । नेपालका कला संस्कृतिको बारेमा आफू जानकार रहेको बताउँदै उनले न्यूयोर्क सिटीलाई विविध संस्कृतिको सहर बनाउन नेपाली समुदायको समेत योगदान रहेको धारणा व्यक्त गरे ।

त्यसअवसरमा अमेरिकी सिनेटर चक सुमरले उत्कृष्ट कला, संस्कृति हेर्न नेपाल घुम्नै पर्ने र कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृतिक झाँकीबाट आफू प्रभावित भएको बताए ।

कार्यक्रममा नेपाली महावाणिज्यदूत विष्णु अधिकारी, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेलगायत नेपाली समुदायका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रममा न्यूयोर्कलगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवम् नेपालीमूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च तथा आदिवासी जनजाती महासङ्घको पहलमा सन् २०१६ मा सुरू भएको ‘नेपाल डे परेड’ कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ ।

शेयर गर्नुहोस:

162
Shares