मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री प्रचण्ड र पत्रकार न्यौपानेबीच भेटवार्ता, विदेशमा रहेका नेपालीलाई विभेद नगर्न आग्रह

प्रधानमन्त्री प्रचण्ड र पत्रकार न्यौपानेबीच भेटवार्ता, विदेशमा रहेका नेपालीलाई विभेद नगर्न आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा पत्रकार न्यौपानेले अमेरिकामा विभिन्न पेसा व्यवसायसँगै पत्रकारितामा आवद्ध रहेका दुई सय बढी नेपाली मूलका पत्रकारहरुले नेपाल र नेपालीको समृद्धिका बारेमा कलम चलाउँदै आएको र उनीहरुको सोच र लगावलाई नेपाल र अमेरिकाबीचको सम्बन्धमा उपयोग गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डसँग नेपालबाहिर बस्ने प्रवासी नेपाली र नेपालसँगको सम्बन्ध, त्यो सम्बनधको अर्थ र प्रभावहरुबारे अवगत गराएका थिए । पत्रकार न्यौपानेले आफूजस्तै नेपालबाहिर बस्ने लाखौँ नेपालीका दुईवटा आमा : एउटा जन्मदिने आमा र अर्को मातृभूमि रहेको स्मरण गराउँदै आफूहरु सीमाविहीन माया, लगाव र भावुकतामा रहेको तर सरकारले त्यसको कत्ति पनि हिसाब नराखेको गुनासो पोखे ।

नेपाली बिदेसिएसँगै देश छोडेको भाष्य निर्माण सरकारी तहबाटै भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीको साइनो रेमिट्यान्सको मात्र नरहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीसमक्ष भनेका छन्, ‘तपाईं आज राजनीति र जीवन दुवैको उत्तरार्द्धमा हुनुहुन्छ । मेरो आग्रह छ, तपाईंले व्यक्तिगत र राजनीतिक जीवनको ऐतिहासिक निर्णय गर्नुहुनेछ ।’

‘नेपाली जहाँ गएर बसे पनि ती हाम्रै हुन् र रहिरहनेछन् त्यसैले ढुक्क भएर दोहोरो नागरिकता दिनुहोस्, यसको धेरै ठूलो र दीर्घकालीन महत्त्व छ’, उनले भने, ‘सुरक्षा थ्रेट भएको अमेरिकाले ६२ देशका नागरिकलाई दोहोरो नागरिकता दिएको छ भने नेपालीलाई नेपाली मान्न अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन ।’

पत्रकार न्यौपानेले प्रवासी नेपालीलाई विभेदबाट मुक्त गरिदिन आग्रह गरेका छन् । उनले नेपालमा जग्गा किनबेच गर्न खोज्दा मालपोत कार्यालय चितवनले गैरआवासीय नेपाली नागरिकता स्वीकार नगरेको र नेपाली नागरिकसरहको हदबन्दीमा जग्गा किनबेच गर्न नदिएको गुनासो पोखे ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।